• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

गिरीलाई हतकडी लगाएको प्रति विवेकशील पार्टीको ब्याङ्ग पत्रकारलाई हत्कडी यो कस्तो लोकतन्त्र ?

  •    शुभेच्छा न्यूज संवाददाता  /४ बैशाख २०७६, बुधबार १६:१० ,  प्रकाशीत
  • पोखरा, ४ वैशाख / पोखराका पत्रकार अर्जुन गिरीलाई ठगीको विरुद्धमा कलम चलाएकै भरमा पक्राउ गरी मुद्दा चलाएकोमा विवेकशील साझा पार्टीले ध्यानाकर्षण भएको जनाएको छ ।

    प्रेस काउन्सिलले हेर्ने मुद्दालाई सिआइबीले हेरेर हस्तक्षेप गरेको ठहर गर्दै पार्टीले कुनै व्यक्तिको ईशारामा देशको प्रहरी र प्रशासन चल्नु लज्जास्पद र यो सरासर प्रेस माथिको हस्तक्षेप भनेको छ ।

    प्रदेश संयोजक महेश भण्डारीले बुधबार विज्ञप्ती जारी गर्दै प्रेस स्वतन्त्रता भएमात्र लोकतन्त्र सुन्दर हुने उल्लेख गरेका छन् । ‘समाचार लेखेको आधारमा एउटा पत्रकारलाई हतकडी लगाएर बन्दी बनाईनु यो कस्तो लोकतन्त्र हो ? विवेकशील साझा पार्टी, गण्डकीले सरकारको यो रवैया प्रति भत्र्सना गर्दछ।’ विज्ञप्तीमा उल्लेख छ ।

    लोकतन्त्रको आन्दोलनमा साथ दिएको नेपाली पत्रकारितालाई लोकतान्त्रिक भनिएको सरकारले नै यसरी विभिन्न वहाना बनाएर अंकुश लगाईरहेकोमा विवेकशील साझा पार्टीले असन्तुष्टि व्यक्त गरेको छ । विज्ञप्तीमा भनिएको छः ‘तथ्यपरक पत्रकारिता गर्ने पत्रकारलाई किन झुठो मुद्दा लगाईएको छ ? यो सोचनीय विषय हो । यसले अहिलेको दुई तिहाई सरकारको दम्भ प्रस्टसँग झल्काउँछ।’

    पार्टीले पत्रकार गिरीको तत्काल निशर्त रिहाईको माग गर्दै पत्रकार महासंघले उठाएको मागहरुप्रति ऐक्यबद्धता जनाएको छ ।

    तस्विर ताण्डव न्यूजबाट

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.