पोखरा /पोखराको दुई ठाउँमा शंकास्पद बस्तु भेटिएका छन् । पाेखराकाे नदिपुरमा रहेकाे गण्डकी प्रदेशसभा भवन प्रबेश गेट अगाडि शंकास्पद बस्तु भेटिएको छ ।पोखराको नदीपुर स्थित गण्डकी प्रदेश सभा रोड नदिपुरमा शंकास्पद बस्तु भेटिएको हो ।
प्रदेशसभा भवन नजिकै सडकमा कागजको डल्लो बेरेर राखेको अवस्थामा डेटोनेटर भेटिएको हो। त्यसलाई डिस्पोज गर्ने क्रममा डिस्पोजल टोलिका सदस्य कालिभञ्जन गण रत्नमन्दिरका नायक धर्मबहादुर थापा घाइते भएको जिल्ला प्रहरी कार्यलय कास्कीका प्रबत्ता डिएसपी रवीन्द्रमान गुरुङले जानकारी दिए। उनका अनुसार बमडिस्पोज गर्ने क्रममा हातमा चोट लागेकोछ।
यस्तै लेखनाथ स्थित सैनिक बस्तीमा पनि त्यस्तै संकास्पद बस्तु भेटिएको छ । त्यसलाई डिस्पोज गर्नका लागि सेनाको टोली त्यहाँ पुगिसकेको छ। विप्लव नेतृत्वको नेकपा माओवादीले आयोजना गरेको नेपाल बन्दका क्रममा शंकास्पद बस्तु भेटिएको हो। बन्दको क्रममा शंकास्पद बस्तु भेटिएकाले सोही समूहले राखेको हुन सक्ने आशंका छ ।
त्यसै गरि पोखरा ५ जिरोकिलो नजिकै पनि शंकास्पद बस्तु फेला परेको छ । कालो टेपले बेरेर राखेको अवस्थामा शंकास्पद बस्तु फेला परेको हो । विप्लव नेपाल कम्युनिष्ट पार्टीकाे नेपाल बन्दका क्रममा उनीहरुले नै राखेको हुन सक्ने प्रहरीको आशंका रहेकाे छ ।

Related