• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

उच्च अदालत पोखराद्धारा आमाको नामबाट वंशजको नागरिकता दिन आदेश

  •    शुभेच्छा न्यूज संवाददाता  /६ बैशाख २०७६, शुक्रबार ०५:११ ,  प्रकाशीत
  • पोखरा : आमाको नामबाट वंशजको नागरिकता दिनेनदिने बहस भइरहेका बेला उच्च अदालत पोखराले भने आमाको नामबाट वंशजको नागरिकता दिन कास्की प्रशासनलाई परामादेश गरेको छ।

    पोखरा ९ नयाँबजार बस्ने रोशन गुरुङलाई उनकी आमा कन्याकुमारी गुरुङको नामबाट नागरिकता दिन न्यायाधीशद्वय जीवनहरि अधिकारी र विनोदप्रसाद शर्माको संयुक्त इजलासले बुधबार परमादेश गरेको हो। रोशनले आमाको नामबाट नागरिकता पाउन कास्की प्रशासनमा निवेदन दिएका थिए। तर नपाएपछि उनले अदालत गुहारेका हुन्।

    २०७४ कात्तिक १२ गते उनले प्रशासनमा निवेदन दिँदा आमाको नामबाट नागरिक पाएनन्। उनकी आमाको भने वंशजकै नागरिकता छ। बाबाबारे भने रोशनलाई नै थाहा छैन। मानवअधिकारवादी संस्था इन्सेकको परामर्श र सहयोगमा उनले उच्च अदालत पोखरामा २०७५ कात्तिक ३० गते रिट दायर गरेका थिए।

    उच्च अदालतका उपरजिस्ट्रार पुष्प दाहालका अनुसार संविधान र नागरिकता ऐनअनुसार अदालतको आदेश आएको हो। ‘संविधान र नागरिकता ऐन बमोजिम वंशजको आधारमा आमाको नामबाट नागरिकता लिन पाउने आधार देखिएको हुँदा निजले पेस गरेको अनुसूची अनुसार रित पुर्‍याइ नागरिकताको प्रमाणपत्र दिलाउन विपक्षीका नाममा परमादेश जारी गरिदिएको छ,’ उच्चको परामादेशमा भनिएको छ।

    १७ वर्षे रोशन गुरुङको पक्षबाट अधिवक्ता सुरेन्द्र थापामगर, अधिवक्ता विष्णुप्रसाद लम्साल, अधिवक्ता कृष्णकुमार श्रेष्ठ र अधिवक्ता पुकार भण्डारीले बहस गरेका थिए। फैसलाको पूर्णपाठ कागजी रुपमा आएपछि बढीमा १ महिनाभित्र रोशनले नागरिकता पाउनेछन् ।

    नेपालको संविधान २०७२ धारा ११ उपधारा २ (ख) मा कुनै पनि व्यक्ति जन्म हँुदाको बखत निजको बाबु वा आमा नेपाली नागरिक रहेछ भने त्यस्तो व्यक्ति वंशजको नाताले नेपालको नागरिक हुने प्रावधान  छ यो खवर आजको अन्नपूर्ण दैनिकले छापेको छ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.