पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण तीव्र, डेढबर्षमै मुख्य धावनमार्ग सम्पन्न
"गण्डकी प्रदेशमा पर्यटन र बिकासको ढोका खुल्दै "
तपाईको प्रतिक्रिया





कास्की । राष्ट्रिय गौरवको आयोजनाकारुपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको रनवे निर्माणको काम सकिएको छ । आयोजनाको निर्माण सुरु भएको डेढ वर्षमा निर्माणको मुख्य पार्टको रुपमा रहेको रनवे पूरा भएको हो।
विमानस्थलको रनवे पूरा भएसंगै निर्माणको करिव ३५ प्रतिशत भन्दा बढि काम सम्पन्न भएको विमानस्थल निर्माण आयोजनाले जानकारी दिएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल परियोजनाका निमित्त प्रमुख कृष्ण प्रसाद पौडेललका अनुसार विमानस्थलको मुख्य कार्यकारुपमा रहेको रनवेको काम सकिएको हो ।
२ हजार ५ सय मिटरको यस विमानस्थलको रनवे नेपालकै नयाँ र नमुना योग्य प्रयोग गरिएको छ। अन्य विमानस्थलमा पिच गर्ने गरिएको भएपनि पनि यहाँ पहिलो पटक रनवे ढलान गरिएको हो ।सरकारकाले बिमानस्थल उद्धाटन गरेदेखि नै तोकीएको अवधि भन्दा ६ महिना अगाडी नै तयार गर्न निर्माण कम्पनीलाई आग्रह गर्दे आएको छ।
परियोजना तोकिएको समय भन्दा ६ महिना अगाडीनै सक्न सरकारले गरेको अपेक्षा अनुसार निर्माण सम्पन्न गर्ने गरी निर्माणको काम अगाडी बढेको आयोजनाका निमित्त प्रमुख इन्जिनियर पौडेलले बताए।
सरकारको आग्रह अनुसार नै विमानस्थल ६ महिनाअघि तयार गर्ने गरी दुर्तरुपमा काम अगाडी बढाइएको पौडेलले बताए। ‘सरकारकै अपेक्षा गरे अनुसार निर्माण सम्पन्न गर्ने गरी परियोजनाको कार्य अगाडी बढ्को छ,’उनले भने, ‘यसका लागि सहज वातावरण तयार भएको छ ।’
उनका अनुसार अहिले एप्रोन (बिमान पार्किङ्ग गर्ने स्थान) निर्माणको काम सकिएको छ । बिमानस्थलका रनवेको सवै निर्माण सम्पन्न भइसकेको छ। ट्याक्सी वे र नाला निर्माण लगायतका कामहरु समेत अन्तिम चरणमा पुगेका छन्। मुख्य टर्मिनल भवनको काम दुई तिहाई सकिएको छ । अन्य भवनको निर्माण अन्तिम चरणमा पुगेको छ ।
विमानस्थलमा हाल यात्रु कक्ष र कार्यलय प्रयोजनका लागी आवस्यक मुख्य भवनको लागि आवस्यक बिल्डिङ्गको काम धमाधम भइरहेको निमित्त प्रमुख पौडेलले बताए। ‘बिमानस्थको भौतिक पूर्वाधारको काम दुर्तरुपमा अगाडी बढ्को छ’ उनले भने। ‘बिमानस्लको मुख्यकाम रनवे, एप्रोन (बिमान पार्किङ्ग गर्ने स्थान)लगायतका काम सम्पन्न भएकोछ।
रनवे, टर्मिनल बिल्डिङ, हेंगर बिल्डिङ, कार्गो, एटिसीलगायत अन्य सहायक गरी विभिन्न एकदर्जन जति भवन निर्माणको काम चलिरहेको छ। ति मध्ये ७।८ वटा भवनको निर्माण सकिएको छ। हेंगरको ढलान कार्य सकिएर स्टिल स्ट्रक्चरको काम समेत सकिएको उनले जानकारी दिए ।
उनका अनुसार अहिले निर्माण कार्यमा दैनिक ४ सय ५० जना कामदार खटीएका छन् । सन् २०२१ को जुलाइभित्र निर्माण सकिसक्ने लक्ष्य भएपनि सन् २०२०को डिसेम्बरभित्रै पोखरा विमानस्थल सञ्चालनमा ल्याइने गरि कार्य भैरहेको पौडेलले बताए।
विमानस्थल निर्माणको काम चिनियाँ निर्माण कम्पनी सिएएमसीले गत साउन १८ देखि थालेको थियो ।कम्पनीले निर्माण थालेको करिब डेढ बर्षको अवधिमा जमिन सम्याउने, प्राविधिक रूपमा पूर्वाधार बनाउन माटो काट्ने, रनवेको काम र एप्रोन निर्माण लगायका काम सम्पन्न भइसकेको छ।
एक्जिम बैंकको ऋण रकममध्ये ७५ प्रतिशत (बैंकको २ प्रतिशत ब्याजमा) र २५ प्रतिशत चीन सरकारको बिनाब्यायाजको ऋणमा विमानस्थल निर्माण भइरहेको छ ।
चिनियाँ कम्पनी सीएएमसीले ०७१ वैशाख २९ मा ठेक्का पाएको र निर्धा्रित समयमा निर्माण पूरा नगरे नेपाल सरकारलाई क्षतिपूर्ति दिने शर्त छ ।सम्झौताअनुसार कम्पनीले २०२१ को जुलाई १० मा विमानस्थल सम्पन्न गरी नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्नेछ ।
चिनियाँ एक्जिम बैंकको झन्डै २२ अर्ब रुपैयाँ ऋण सहयोगमा विमानस्थल निर्माण भइरहेको छ । अन्तर्रा्ष्ट्रिय विमानस्थल झन्डै ३७ सय रोपनी क्षेत्रफलमा निर्माण भइरहेको छ ।
अन्तर्रा्ष्ट्रिय नागरिक उड्डयन संस्था (आइकाओ) को मामदण्डअनुसार ४ ‘डी’ मोडलमा निर्माण गरिएको विमानस्थलमा बोइङ ७५७ र एयरबस ३२० का जहाज अवतरण हुनेछन् । विमानस्थलको धावनमार्गको लम्वाई २५ सय मिटर र रन वेको चौडाइ ४५ मिटरको रहेको छ।
विमानस्थलका लागि सरकारले ०३२ मा ३ हजार १ सय ६ रोपनी जग्गा लिएको थियो । त्यतिले नपुगेपछि ६ सय २९ रोपनी जग्गा थप अधिग्रहण गरिएको थियो ।
Related