पोखरा । ठगीको समाचार लेखेकै कारण साइबर अपराध मुद्दामा गिरफ्तार परेर रिहा भएका पत्रकार अर्जुन गिरीलाई पोखराका पत्रकारहरुले पोखरामा भब्य स्वागत गरेका छन् ।
साइबर अपराध मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका गिरीलाई बिहिबार काठमाडौं जिल्ला अदालतका जिल्ला न्यायाधीश अम्बरराज पौडेलको एकल इजालसले साधारण तारेखमा रिहा गर्ने आदेश दिएपछि गिरी शुक्रवार पोखरा फर्किएका हुन्।
पत्रकार गिरी काठमाण्डौंबाट पोखरा ओर्र्लीए लगत्तै गिरीलाई नेपाल पत्रकार महासंघ कास्की जिल्ला शाखा लगायत कास्कीका पत्रकार र शुभचिन्तकहरुले स्वागत गरेका हुन् ।उनको स्वागतको लागि महासंघ कास्की शाखाले स्वागत कार्यक्रमको आयोजना गरेको छ।
गिरीले गत चैत २२ गते शुक्रबार ठग बिपेन्द्रराज बतास शिर्षकमा ताण्डब न्युजमा समाचार लेखेका थिए । पोखराका ब्यवसायिहरु जनकराज पहारी र मनोज श्रेष्ठ जिप्रका कास्कीमा जाहेरी दिन पुगेको बेला उनीहरु दुबैलाई उदृत गर्दै गिरीले समाचार लेखेका थिए ।
त्यही समाचार लेखेको भन्दै बतासले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा गिरीविरूद्ध साइबर अपराधको मुद्दा हालेका थिए । त्यही मुद्दाका आधारमा सम्पादक गिरीलाई २ वैशाखमा पक्राउ गरिएको थियो ।
तर उनी रिहा भए पनि विद्युतीय कारोवार ऐनका दफा ४७ र ४८ खारेज नभएसम्म आन्दोलन जारी राख्ने नेपाल पत्रकार महासंघले जनाएको छ ।

Related