• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

भ्रष्टाचार कहिलेसम्म ? जनता सचेत नभएसम्म

" सरकारी जग्गा अपचलन गर्नेमाथि कारबाही गर्न विवेकशील साझाको माग "
  •    शुभेच्छा न्यूज संवाददाता  /७ बैशाख २०७६, शनिबार १४:५९ ,  प्रकाशीत
  • पोखरा, ७ वैशाख । विवेकशील साझा पार्टीले सार्वजनिक स्वामित्वमा रहेको बहुमुल्य जग्गा राजनीतिक नेतृत्व, कर्मचारी, व्यवसायी र ‘भूमाफिया’को मिलेमतोमा अपचलन भएकोप्रति खबरदारी गर्दै आएको छ । एक हप्ताअघिदेखि सुरु भएको अभियान अन्तर्गत शनिबार देशभर खबरदारी कार्यक्रम गरिएको छ ।

    प्रधानमन्त्री निवास समेत रहेको बालुवाटार क्षेत्रको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी हुनु र हायात होटलले सयौं रोपनी सरकारी जग्गा अपचलन गरेकोमा यसले भूमाफिया गिरोहको शक्ति र पहुँचको डरलाग्दो संकेत गरेको उक्त पार्टीले जनाएको छ ।

    विवेकशील साझा पार्टी, गण्डकीले शनिबार पोखराको सिर्जनाचोकमा खबरदारी कार्यक्रम आयोजना गरेको हो । यहाँ स्थित पार्टीका क्रियाशील सदस्य तथा शुभेच्छुकहरुको सहभागिता रहेको संयोजक दीपक पौडेलले बताए ।

    उनीहरुले ‘भ्रष्टाचार कहिलेसम्म ? जनता सचेत नभएसम्म’, ‘चर्को स्वरमा बोलौं, भ्रष्टाचारीको पोल खोलौं’, ‘भ्रष्टाचारी जेल परुन्’, ‘भ्रष्टाचारी देखिए, सरकार देखिएन’, ‘समाजवाद नांगियो, माफियातन्त्र झांगियो’, बालुवाटार बेच्नेले सिंहदरबार पनि बेच्लान्’ जस्ता प्लेकार्ड प्रदर्शन गरेका थिए ।

    जग्गा सम्बन्धमा आवश्यक अनुसन्धान गरी सरकारी सम्पत्तिको संरक्षण गर्न र दोषीलाई कारवाहीको दायरामा ल्याउन विवेकशील साझाले आग्रह गरेको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.