• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरामा प्याराग्लाइडिङ प्रतियोगिता शुरु,एक्यूरेसी र क्रसकन्ट्रितर्फ पहिलो खेल सम्पन्न

  •    शुभेच्छा न्यूज संवाददाता  /७ बैशाख २०७६, शनिबार १४:४६ ,  प्रकाशीत
  • पोखरा । पोखरामा शुरु भएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्रगतको पहिलो दिन एक्यूरेसी र क्रसकन्ट्री खेलको पहिलो चरणको प्रतियोेगिता सम्पन्न भएका छन । पहिलो दिनमा खेलीएको खेलमा पुरुष एक्यूरेसी र क्रसकन्ट्री टिम बीचको प्रतिशपर्धा भएको थियो। त्यसैगरी दुबै इभेन्टका इन्डिभिजुअल तर्फ मिश्रित परिणाम आएको छ ।

    खेलमा एक्यूरेसी तर्फको नेपाली सेनाले १०७ अंकका ल्याएर प्रथम स्थान हसिल गरेको छ। त्यस्तै गण्डकी प्रदेशले १८५ अंक ल्याएर दोश्रो स्थान हातपारेको छ भने ३३१ अंकका ल्याएर प्रदेश नम्बर १ तेश्रो स्थान सरक्षित गर्न सफल भएको छ।

    त्यसै सुदुर पश्चिम प्रदेश ११७० अंक पाएर चौथो स्थान लिएको छ । १८९६ अंकका हातपारेर प्रदेश ३ पाँचौ स्थान लिन सफल भएको छ भने कर्णाली प्रदेशले ३१३५ अंक ल्याएर छैटौ स्थान जितेको छ।

    इन्डिभिजुअल एक्यूरेसी पुरुषतर्फ नेपाली सेनाका सागर नेपाली ८ अंकका ल्याएर प्रथम स्थान बनाउन सफल भए। गण्डकी प्रदेशका अनिष भट्टराईले ११ अंक ल्याएर दोश्रो स्थान हासिल गरे। त्यसै गरि नेपाली सेनाका सागर जलारी ५०१ अंकका ल्याएर तेश्रो स्थानमा चित्त बुझाएका छन ।महिला इन्डिभिजुअल एक्यूरेसीमा गण्डकी प्रदेशकी सबिता तामाङले २७४ अंक ल्याउन सफल भइन्।

    यस्तै प्रदेश नं ३ की बिबी सिङताङले ३६१ अंक पाएर दोश्रो स्थान हासिल गरिन्।त्यसै गरी तेश्रो स्थानमा गण्डकी प्रदेशकी प्रतिभा बोगटीले ५०१ अंक ल्याएकी थिइन्। तामाङ र बोगटी १८ औं एशियाली खेलकुदमा सहभागी भएका खेलाडी समेत हुन ।

    पहिलो दिन भएको क्रसकन्ट्रि (एक्सी) इभेन्ट तर्फ पहिलो राउण्डमा ३२ किलोमिटर टास्क सम्पन्न भएको छ । उक्त इभेन्टमा ३ महिला र १९ पुरुष सहित कूल २२ जना खेलाडी सहभागी रहेको नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघ (नेफा)का महासचिब शैलेन्द्र राउतले जानकारी दिए ।

    क्रसकन्ट्रि तर्फ सहभागी जनाएका २२ खेलाडी मध्ये पुरुष इन्डिभिजुअल खुल्ला तर्फ प्रदेश ३ का कृष्ण बहादुर सुनुवार ९७२ अंक हासिल गर्दै पहिलो स्थान बनाउन सफल भए। यसै गरि नेपाली सेनाका विशाल थापा ९०६ अंकका हासिलगरी दोश्रो स्थान जिते भने गण्डकी प्रदेशका शेर बहादुर गुरुङले ९०६ अंक ल्याएर तेश्रो स्थान हात पारे। दोश्रो स्थानका बिशाल १८ औं एशियाली खेलकुदमा रजत पदक जितेका थिए ।

    क्रसकन्ट्रि महिला इन्डिभिजुअलमा गण्डकी प्रदेशकी त्रिशा बमजन तामाङ २३१ अंकका ल्याइ पहिलो स्थान बनाउन सफल भइन्। दास्रो स्थानका लागि नेपाली सेनाकी स्वस्तिका गुरुङ २६ अंक ल्याइन्। प्रदेश १ की सुष्मिता सुनुवार २४ अंक ल्याएर तेश्रो स्थान हासिल गरिन्।

    यसै गरि टिम क्रसकन्ट्रि तर्फ गण्डकी प्रदेशले अग्र स्थान बनाउन सफल भएको छ । गण्डकी प्रदेश ३२९९ अंक ल्याएर पहिलो स्थान बनाएको छ। प्रदेश ३ ले ३१५९ अंक पाएर दोश्रो र नेपाली सेनाले २७१७ अंक जोडेर तेश्रो स्थान बनाएको छ ।

    नेपालको खेल इतिहासमा पहिलो पटक राष्ट्रिय खेलकूद प्रतियोगितामा समावेश भएको खेलमा विभागिय टिम नेपाली सेना र ५ प्रदेश गरि कुल ६ टिमका ५९ जना खेलाडी सहभागी रहेका छन ।

    प्रतियोगिता बैशाख ९ गते सम्पन्न हुने छ। प्रतियोगितामा एक्युरेसी तर्फ ५ राउण्ड र क्रसकन्ट्रि तर्फ ३ राउण्ड प्रतिष्पर्धा गराइने छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.