कास्की । गण्डकी प्रदेश सरकारले प्रदेशका सांसदहरुलाई आफुखुशी खर्च गर्न पाउने गरी रकम दिने तयारी थालेको छ। सरकारबाट अनुमोदन गरिएपछि सांसदले आँफुखुशी आफ्नो निर्वाचन क्षेत्रमा खर्च गर्न पाउने छन्।
प्रदेश सरकारले आगामी आर्थिक बर्षबाट सांसद विकास कोष शीर्षक मार्फत प्रत्येक सांसदलाई २ करोड विनियोजन गर्न तयारी थालेको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङले बताए।‘ सांसदहरुलाई केन्द्रले ४ करोड दिने गरेको छ। अब, हामीले पनि २ करोड दिने योजना बनाएका छौं’ उनले भने ।’ ‘अरु प्रदेशले सांसद विकास कोषबाट बजेट बाँडेपछि गण्डकी प्रदेशका सांसदहरुले समेत माग गरेका छन्।’
मुख्यमन्त्री गुरुङल्े सांसदहरुको दवाव आँफूहरुले रोक्न नसकेको बताए । ‘ब्यक्तिले पैसा बाँड्ने होईन। यो सिस्टम गलत हो’उनले भने।‘प्रदेश ५, ६ र ७ का माननीय ज्यूहरुले भ्रमण समेत गरे। हामीले सांसदलाई अन्य सुविधा दिन सकेका छैनौं । सांसद विकास कोष मार्फत बजेट दिने कि भन्ने सोच बनाएका छौं ।’
निर्वाचन क्षेत्रमा हुने सानातिना आयोजना र कार्यक्रममा खर्च गर्ने गरी बजेटको ब्यवस्था गर्न लागिएको उनले बताए। यस अघि सांसद बिकास कोष मार्फत छुट्टाएको रकमा ब्यायपक अनियमितता भएको भनी अलोचना भएपछि केन्द्र सरकारले कटौंती गरेर ४ करोडमात्र दिने ब्यवस्था गरेको थियो। सांसदहरुले बिनियोजित ४ करोडको बजेट प्रति असन्तुष्टि जनाएपछि प्रदेश सरकारले थप २ करोड दिन योजना बनाएको हो।
यस अघि सांसद विकास कोषको बजेट दुरुपयोग गरी ‘कार्यकर्ता पोसेको आरोप लागेपछि सत्तारुढ र प्रमुख प्रतिपक्षी दल सहित संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलले सांसदले खर्च गर्ने गरी बजेट विनियोजन हुनुपर्ने आवाज उठाउँदै आएका थिए।
गण्डकी प्रदेशका प्रमुख प्रतिपक्ष दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले सांसद मार्फत बजेट खर्च गर्नु लाई गलत ब्याख्या गर्न नहुने बताए्। ‘जनताले विकास खोजेका छन् । हामी जनताको बीचमा विकास लैजान चाहान्छौं । सरकार खर्च गर्न चाहान्छ,’ उनले भने। आखिरी जसरी खर्च गरेपनि स्थानीय आवस्यकता र पूर्वाधारमै खर्च हुने हो। सांसदले स्थानीय आवस्यकताकै आधारमा खर्च गर्छन। नीति बनाएर पैसा दिने कुरालाई अन्यथा मान्न हुँदैन ।’
प्रदेशको पहिलो बजेटमै सांसदहरुले विकास कोषमा बजेट छुट्याउनु पर्ने माग गरेका थिए। तर सरकारले एकद्धार प्रणालीबाट बजेट खर्च गर्नुपर्ने भन्दै बजेट बिनियोजन गरेको थिएन।
दोश्रो बजेटमा निर्वाचित सांसदले प्रश्ताव गर्ने गरी एक निर्वाचन क्षेत्र एक नमूना सडक निर्माणको योजना अघि सारिएको छ। यसका लागि प्रत्येक निर्वाचन क्षेत्रमा २ करोड १० लाख रुपैयाँ विनियोजन समेत भएको छ ।

Related