• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

आठौं राष्ट्रियमा प्याराग्लाईडिङ तर्फ नेपाली सेनाको उत्कृष्ट प्रदर्शन

  •    शुभेच्छा न्यूज संवाददाता  /८ बैशाख २०७६, आईतवार १४:३३ ,  प्रकाशीत
  • पोखरा, ८ बैशाख । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत पोखरामा जारी प्याराग्लाईडिङ तर्फ नेपाली सेनाको त्रिभुवन क्लबले एक्यूरेसी र क्रसकन्ट्री तर्फका दुबै इभेन्टमा उत्कृष्ट प्रदर्शन गर्दै अग्रस्थानमा रहेको छ ।

    दोश्रो दिनको खेल जारी रहँदा सम्म एक्यूरेसी टिम इभेन्टमा नेपाल सेनाले हिजोको आफ्नो प्रदर्शनलाई दो¥हाउँदै १४५ अंकका साथ प्रथम स्थानमा रहेको छ । त्यसै गरि प्रदेश नं १, ९५५ अंकका साथ दोश्रो र गण्डकी प्रदेश १३५५ अंकका साथ तेश्रो स्थानमा उभिएको छ ।

    पुरुष ईन्डिभिजुअल एक्यूरेसी तर्फ पनि नेपाली सेनाले आफ्नो उत्कृष्ट प्रदर्शन दो¥हाउँदै प्रथम स्थानमानै आफूलाई उभ्याएको छ । पुरुष ईन्डिभिजुअल एक्यूरेसीमा नेपाली सेना खेलाडीहरु सागर जलारी र सागर नेपाली बिच तिब्र प्रतिष्पर्धा देखिएको छ । जलारी ८ अंकका साथ अग्रस्थानमा छन भने नेपाली ११ अंकका साथ दोश्रो स्थानमा छन । प्रदेश नं १ का रोशन बस्नेत १९ अंकका साथ तेश्रो स्थानमा छन ।

    महिला ईन्डिभिजुअल एक्यूरेसी तर्फ समेत नेपाली सेना अग्रस्थानमा रहेको छ । दुई दिनको खेल तालिकामा नेपाली सेनाकी दुर्गामाया १७७ अंकका साथ प्रथम स्थानमा उक्लिएकी छन । त्यसै गरि गण्डकी प्रदेशकी सबिता तामाङ २८७ अंकका साथ दोश्रो र गण्डकी प्रदेशकै प्रतिभा बोगटी ३७९ अंकका साथ तेश्रो स्थानमा रहेकी छन ।
    टिम एक्यूरेसी र ईन्डिभिजुअल एक्यूरेसीको दुई दिनको खेलमा ४ राउण्डका खेल सम्पन्न भएको हो । सोमबार अन्तिम एक राउण्डको खेल बाँकी रहेको इभेन्ट म्यानेजर बिमल अधिकारीले जानकारी दिए ।

    यता क्रसकन्ट्री तर्फ आज ३० किलोमिटरको टास्क सम्पन्न भएको छ । क्रसक्रन्ट्री तर्फ पनि नेपाली सेनाले उत्कृष्ट प्रदर्शनलाई जारी राखेको छ । क्रसकन्ट्री टिम इभेन्टमा ५९३३ अंकका साथ पहिलो स्थान बनाएको छ भने गण्डकी प्रदेश ५८९३ का साथ दोश्रो र प्रदेश ३ ५६९५ का साथ तेश्रो स्थानमा रहेको छ ।

    क्रस कन्ट्री इन्डिभिजुअल पुरुष तर्फ आजको खेलमा नेपाली सेनाका सुरज थापाले ९१३ अंक बटुलेका छन भने गण्डकीका आशिष थापाले ८६९ र नेपाली सेनाका निशिन थापाले ८१८ अंक बटुलेका छन । हिजो र आज गरि पुरुष इन्डिभिजुअल तर्फ अंकका आधारमा ओभरअलमा नेपाल सेनाका सुरज थापा १७४६ अंकका साथ प्रथम स्थानको नजिक देखिएका छन भने प्रदेश ३ का कृष्ण बहादुर सुनुवार १६११ अंकका साथ दोश्रो र नेपाली सेनाकै विशाल थापा १६०६ अंकका साथ तेश्रो स्थानमा रहेका छन ।

    यसै गरि महिला क्रस कन्ट्री इन्डिभिजुअल तर्फ गण्डकी प्रदेशकी त्रिशा वमजन ७७७ अंकका साथ प्रथम, प्रदेश १ की सुष्मिता सुनुवार २८८ अंकका साथ दोश्रो र नेपाली सेनाकी स्वस्तिका गुरुङ २७९ अंकका साथ तेश्रो स्थानमा छन ।

    प्याराग्लाइडिङका खेलाडी तथा अफिसियलहरुलाई खेलमा उत्साह जगाउन राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य राजेश गुरुङले आफ्नो तर्फ बाट खाजा प्रवन्ध गरेका थिए । त्यसै गरि उनले प्याराग्लाइडिङ सिक्दै गरेका दुई यूवालाई उनीहरुको खेल बाट प्रभावित भएर नगद ५ हजार समेत प्रदान गरेका छन ।

    नेपालको खेल इतिहासमा पहिलो पटक राष्ट्रिय खेलकूद प्रतियोगितामा समावेश भएको प्याराग्लाइडिङ खेलमा विभागिय टिम नेपाली सेना र ५ प्रदेश गरि कुल ६ टिमका ५९ जना खेलाडीले ६ वटा स्वर्ण पदकका लागि भिडिरहेका छन ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.