• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

उपप्रमुखसंग महिला कार्यक्रम मार्फत पोखरा ८ मा शैक्षिक सहजता

  •    शुभेच्छा न्यूज संवाददाता  /९ बैशाख २०७६, सोमबार १४:५९ ,  प्रकाशीत
  • पोखरा ९ बैशाख । विभिन्न कारणले अध्ययन गर्नबाट बञ्चित भएका महिलाहरुलाई साक्षर बनाउने उद्देश्यले पोखरा महानगरका उपप्रमुखसंग महिला कार्यक्रम सञ्चालन गरिएको छ । उपप्रमुखसंग महिला कार्यक्रम मार्फत शैक्षिक सहजता कार्यक्रम सञ्चालन गरिएको हो ।

    पोखरा महानगरपालिका वडा नम्वर ८ मा रहेको एयरपोर्ट टोल विकास संस्थाको आयोजनामा उपमेयसंग महिला कार्यक्रम मार्फत तीन महिने शैक्षिक सहजता कार्यक्रम सञ्चालन गरिएको हो ।

    कार्यक्रमको पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङले सोमबार उद्घाटन गरिन् । उनले हिजो विभिन्न कारणले शिक्षा आर्जन गर्नबाट बञ्चित भएका आमा दिदिबहिनीहरुलाई लक्षित गरेर कार्यक्रम सञ्चालन गरिएको बताइन् । उनले शिक्षा सिकाई भएकाले मानिसले जन्मदेखि मृत्यु नहुदाँसम्म जारी रहने र कहिल्यै अन्त्य नहुने बताउदै सिक्न हिचकिचाउन नहुनेमा जोड दिइन् । उनले शिक्षाको कारण महिला पछाडी परेको बताइन् ।

    उनले गहना र कपडा लगाउनेमा प्रतिस्पर्धा भन्दा शिक्षा सिकाईमा प्रतिस्पर्धा गर्न आग्रह गरिन् । उनले अहिले प्रविधिको जनामा भएको बताउदै त्यही अनुसार आफुलाई परिमार्जित गर्न आग्रह गरिन् । कार्यक्रममा पत्रकार विनोद लामिछानेले उपप्रमुखसंग महिला कार्यक्रमले शिक्षाको उज्यालो घामबाट बञ्चित आमा दिदिबहिनीहरुलाई केही सहजता प्रदान गर्ने बताए ।

    एयरपोर्ट टोल विकास संस्थाका अध्यक्ष शावित्री घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्वर ८ वडा सदस्यद्धय किरण गौतम र लक्ष्मी कौशलले महिलाहरुलाई सक्षम बनाउन महानगरले उपप्रमुखसंग महिला कार्यक्रम ल्याएको बताउदै शैक्षिक सहजता कार्यक्रम प्रभावकारी हुने बताए ।

    एयरपोर्ट टोल विकास संस्थाका निर्वतमान अध्यक्ष कमला श्रेष्ठ, हातेमालो आमा समुहका सचिव मिना ढकाल, महिला उद्यमी संघका कुलमाया पौडेल लगायतले बोलेका थिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.