• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

आठौं राष्ट्रिय खेलकुद प्याराग्लाइडिङमा नेपाल आर्मी च्याम्पियन

  •    शुभेच्छा न्यूज संवाददाता  /९ बैशाख २०७६, सोमबार १५:०४ ,  प्रकाशीत
  • पोखरा, ९ बैशाख । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत पोखरामा समपन्न प्याराग्लाइडिङ प्रतियोगितामा नेपाल आर्मीको ित्रभ्बन क्लब टिम च्याम्पियन भएको छ ।

    सोमबार सम्पन्न प्रतियोगितामा नेपाल आर्मी ४ स्वर्ण र ४ रजत पदक प्राप्त गरि च्याम्पियन बनेको हो । त्यसै गरि गण्डकी प्रदेश २ स्वर्ण, १ रजत र ४ काश्य पदक हात पार्दै दोश्रो स्थान ओगटेको छ भने प्रदेश नं १ एक रजत र १ काश्य पदकका साथ तेश्रो र प्रदेश ३ एक काश्य पदकका साथ चौथो भएको छ ।

    सम्पन्न प्रतियोगितामा नेपाल आर्मीले एक्यूरेसी तर्फ पुरुष र महिला इन्डिभिजुअल, टिम एक्यूरेसी तथा पुरुष इन्डिभिजुअल क्रसकन्ट्रीमा गरि ४ स्वर्ण पदक हात पारेको हो । त्यसै गरि गण्डकी प्रदेश महिला इन्डिभिजुअल क्रसकन्ट्री र पुरुष क्रसकन्ट्री तर्फ २ स्वर्ण पदक हात पार्न सफल भएको छ ।

    एक्यरेसी इन्डिभिजुअल पुरुष तर्फ ओभरअलमा १९ अंक बटुल्दै नेपाल आर्मीका सागर नेपालीले स्वर्ण पदक हात पारे भने नेपाल आर्मीकै ऋर्षी जलारी पोडेले २३ अंकका साथ रजत पदकमा चित्त बुझाए । गण्डकीका अनिष भट्टराई ३३ अंक प्राप्त गर्दै काश्य पदक हात पारे ।

    सोही इभेन्टको महिला तर्फ पनि नेपाल आर्मीकी दुर्गामाया गुरुङले ४७९ अंक प्राप्त गर्दै स्वर्ण पदक हात पारिन । यसै गरि गण्डकीकी प्रतिभा भुजेलले ५४० अंकका साथ रजत र गण्डकीकै सबिता तामाङ ५७३ अंक बटुल्दै काश्य पदक हात पारिन ।

    एक्यूरेसी टिम इभेन्टमा नेपाल आर्मी १७५ अंक प्राप्त गर्दै स्वर्ण पदक हात पार्न सफ भएको छ भने प्रदेश नं १ ले १०१९ अंकका साथ रजत पदक हात पारेको छ । गण्डकी प्रदेश १३४५ अंक प्राप्त गरि काश्य पदकमा चित्त बुझाएको छ ।

    यसै गरि क्रसकन्ट्री पुरुष इन्डिभिजुअलमा नेपाल आर्मीका सुरज थापाले ओभरअलमा २५९५ अंक बटुल्दै स्वर्ण पदक हात पारेका छन । नेपाल आर्मीकै बिशाल थापाले २५५० प्राप्त गरि रजत पदक हात पार्दा गण्डकीका आशिष थापाले २५४५ अंकका साथ रजत पदकमा चित्त बुझाएका छन ।

    क्रसकन्ट्री महिला इन्डिभिजुअल इभेन्टमा गण्डकीकी त्रिशा बमजनले ११३५ अंकका प्राप्त गर्दै स्वर्ण पदक हात पारेकी छन भने नेपाल आर्मीकी स्वस्तिका गुरुङ ६५७ अंक बटुल्दै रजत पदक हात पारिन । प्रदेश १ की सुष्मिता सुनुवार ३४५ अंकका सात तेश्रो हुँदै काश्य पदक पाइन ।

    क्रसकन्ट्री पुरुष टिम इभेन्टमा गण्डकी प्रदेशले कुल ९५७६ अंक प्राप्त गरि स्वर्ण पदक हात पारेको छ । सोही इभेन्टमा नेपाल आर्मीले ९११४ अंक बटुल्दै रजत पदक हात पार्दा प्रदेश नं ३ ले ८४४७ अंक प्राप्त गरि काश्य पदक हात पारेको हो ।

    यहि बैशाख ६ गते बाट पोखरामा शुरु भएको प्याराग्लाइडिङ प्रतियोगितामा ६ स्वर्ण, ६ रजत र ६ काश्य पदकका लागि १० महीला सहित पुरुष ४९ गरि कुल ५९ जना खेलाडी भिडेका थिए । प्रतियोगितामा पाँच प्रदेश सहित नेपाल आर्मीले सहभागिता जनाएका थिए ।

    बिजयी खेलाडीलाई पोखरा महानगरपालिकाका मेयर मान बहादुर जिशी, राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङ, नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघ (नेफा) का अध्यक्ष रुपनारायण श्रेष्ठ, महासचिब शैलेन्द्र राउत, नेपाल हवाई खेलकुद संस्था (ना) का अध्यक्ष योगेश भट्टराई लगाएतले पदक, प्रमाणपत्र तथा आठौं राष्ट्रिय खेलकुदको लोगो अंकित मायाको चिनो वितरण गरेका थिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.