• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

लायन्समा चुनावी सरगरर्मी बढ्यो, शुक्रबारदेखि पोखरामा सातौं महाधिवेशन हुदै

  •    शुभेच्छा न्यूज संवाददाता  /११ बैशाख २०७६, बुधबार १३:११ ,  प्रकाशीत
  • पोखरा । आगामी शुक्रबारदेखि पोखरामा हुने लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बि १ को सातौं महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । लायन्स क्लब अफ पोखरा गण्डकी तथा पोखरामा क्रियाशील २६ वटा महिला लायन्स क्लबको संयुक्त आतिथ्यतामा महाधिवेशन हुन लागेको हो ।

    हालसम्म दुई हजार लायन्स सदस्यहरुले रजिष्ट्रेशन गरिसकेको र रजिष्ट्रेशन क्रम जारी रहेको बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा मूल आयोजक समितिकी संयोजक लायन विमला श्रेष्ठले जानकारी दिईन।

    महाधिवेशनका लागि गभर्नर पदमा ईन्दु लम्साल र फस्ट भाइस गभर्नर पदमा मन रोकाको उम्मेदवारी छ । उनीहरु दुवैले ‘एस’मत लिनुपर्नेछ । सेकेण्ड भाइस गभर्नर पदमा भने दुई पक्षबीच तिब्र प्रतिस्पर्धा हुनेछ । ध्रुवबहादुर श्रेष्ठ र विशेश्वर आचार्य सेकेण्ड भाइस गभर्नर पदको लागि चुनावी अभियानमा छन् ।

    उक्त महाधिवेशनबाट नयाँ कार्यसमिति चयन गर्ने, लायन्स सस्यहरुविच आपसी भाइचाराको सम्वन्ध प्रगाढ बनाउने लक्ष्य राखिएको छ । महाधिवेशन सम्पन्न गर्न करिव ७५ लाख ५० हजार खर्च लाग्ने अनुमान गरिएको आयोजकले जनाएको छ ।

    शनिबारसम्म चल्ने महाधिवेशनमा डिष्ट्रिक ३२५ बि १ नेपाल अन्तर्गत चार हजार लायन्सहरु सहभागी हुने अनुमान गरिएको छ ।अहिले डिष्टिक्ट ३२५ बी १ मा ११ हजार दुई सय बढी लायन्स सदस्य र ३ सय ६९ क्लब रहेका छन भने थपिने क्रम जारी छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.