काठमाडौं- धादिङको नौबिसेलाई केन्द्रबिन्दु बनाएर बुधवार मात्रै तीन वटा भूकम्प गएको छ । बुधवार दिउँसो ३ बजेर ५ मिनेट जाँदा नौबिसे केन्द्रबिन्दु बनाएर ३.९ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।
आजै बिहान ६ बजेर २९ मिनेटमा ५.२ र ६ बजेर ४१ मिनेटमा ४.३ रेक्टर स्केलको भूकम्प गएको थियो । ०७२ वैशाख १२ गते शक्तिशाली भूकम्प आउँदा ८ हजार बढीको ज्यान गएको थियो ।
त्यसको ४ वर्ष पुग्न १ दिन मात्रै बाँकी रहँदा भूकम्पको धक्का आउँदा राजधानीबासी त्रसित देखिएका छन्

Related