• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

कार्कीनेटामा रहेको अन्नपुर्ण माबिको ६० औ बार्षिकोत्सब सम्पन्न

  •    शुभेच्छा न्यूज संवाददाता  /१२ बैशाख २०७६, बिहीबार ०४:४१ ,  प्रकाशीत
  • पर्वत / अन्नपुर्ण माध्यामिक बिद्यालयले आफ्नो ६० औ बार्षिकोत्सब बिभिन्न कार्यक्रम सहित बुधबार मनाएको छ । पर्वतको फलेबास नगरपालिका १ स्थित बिद्यालयले फलेबास नगरपालिकाका प्रमुख पदमपाणी शर्माको प्रमुख आतिथ्यतामा ६० औ बार्षिकोत्सब मनाएको हो ।

    बार्षिकोत्सब समारोहमा बोल्दै नगर प्रमुख पदमपाणी शर्माले सामुदायिक बिद्यालयहरुले शैक्षिक, भौतिक र अन्य वातावरणमा परिर्वतन गर्न आवश्यक भएको कुरामा जोड दिए। उहाँले सामुदायिक बिद्यालयहरुमा राम्रो शैक्षिक वातावरण नबनेका कारण नै बसाईसराई उच्च रहेको बताउँदै आफ्नै घर छिमेकका बिद्यालयमा गुणस्तरीय शिक्षाको ग्यारेष्टी गरेर शहरबजार झरेकाहरुलाई गाउँमै फर्काउन नगरपालिका लागि रहेको बताए।

    उहाँले नगरपालिकाले अघिल्लो शैक्षिक सत्रबाट नै अंग्रेजी माध्यममा पढाउन थालेको र अब ब्यबहारिक र मन्टेश्वरी बिधीलाई प्राथमिकता दिने जानकारी दिए।

    कार्यक्रममा फलेवास नगरपालिका वडा नं १ का अध्यक्ष बाबुराम शर्मा, वडा नं ८ का अध्यक्ष मनबहादुर कुवँर, संस्थापक प्रअ आत्मराम शर्मा, श्रीराम माबिका पुर्व बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष तथा नेकपाका नेता बैकुण्ठ भुसाल लगायतले मन्तब्य ब्यक्त गरेका थिए। कार्यक्रममा बिद्यालयका प्रअ कृष्णप्रसाद शर्माले बार्षिक प्रतिबेदन पेश गरेका थिए।

    २०१६ सालमा स्थापित अन्नपुर्ण माबिमा दश जोड दुई कक्षा सञ्चालनमा छ भने सबै तहमा ५ सय ५६ जना बिद्यार्थीले अध्ययन गर्दै आएका छन ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.