पोखरा १२ वैशाख । पोखरा महानगरपालिकाले बिहीबार पोखरा महानगरपालिकाका सबै वडा समेटिएको नयाँ नक्सा सार्वजनिक गरेको छ । नयाँ नक्सामा पोखरामा भएका अस्पताल, होटल, विद्यालयलगायत बिविध जानकारीहरु समेटिएका छन् ।
यो महानगरले निकालेको दोस्रो नगर नक्सा हो । नक्सा बनाउन अमेरिकी सहयोग तथा महानगर र काठमाण्डौं लिभिङ ल्याब्सको सहकार्य रहेको छ । नक्सामा भएका सबै विषयहरुलाई ‘पोखरा एक्सप्लोर एम्सबाट हेर्न सकिने व्यवस्था मिलाइएको छ । पोखरा एक्सप्लोर एप्स एन्ड्रोइड एप्लिकेसन प्रयोग भएका मोवाइलबाट हेर्न सकिने महानगरकी सूचना प्रविधि अधिकृत सर्मिला गौतमले जनाइन् ।
उनले यो एप्समा भएका सूचनाहरु गलत भएमा प्रयोगकर्तालाई सच्याउने सुविधा भएको जानकारी समेत दिइन् । महानगरका प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलले नगरबासीले महानगरले ल्याएको प्रविधिको उपयोग गरेमा मात्र कामको सार्थकता हुने बताए ।

Related