• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

४२ बर्षदेखि लायनवबादमा होमिएका अग्रज ध्रुर्व श्रेष्ठ जो चुनाब जित्नेमा निश्चिन्त छन्, भन्छन् साथीहरुको सहयोग र साथ अवस्य हुनेछ

  •    शुभेच्छा न्यूज संवाददाता  /१२ बैशाख २०७६, बिहीबार १५:५५ ,  प्रकाशीत
  • पोखरा/ पोखरामा शुक्रबार र शनिबार (वैशाख १३ र १४) लायन्स डिस्ट्रिक्ट ३२५ बी १ को सातौं महाधिवेशन प्रदर्शनी केन्द्रमा हुँदैछ । लायन्सको यो अधिवेशनबाट अहिले प्रथम डिष्ट्रिक्ट गभर्नर रहेका ईन्दु लम्साल गर्भनर बन्नेछिन् भने मनबहादुर रोका पहिलो बरियतामा पुग्नेछन् । अहिले लायन्स क्लव अफ इण्टरनेसनल ३२५ बि १ मा तनहुँका अशोककुमार श्रेष्ठ गभर्नर रहेका छन्।

    सेकेण्ड डिष्ट्रिक्ट गभर्नरमा भने पोखराका विश्वेश्वर आचार्य र ध्रुब श्रेष्ठ चुनावी मैदानमा रहेका छन् । लायन्स क्लवमा भावी गभर्नर पक्का गर्न सेकेण्ड भाइस डिष्ट्रिक्ट गभर्नर पदमा रस्साकसी हुन्छ । नतिजा जसको पक्षमा भयो, उनी दुई वर्ष पछिको नेतृत्वमा स्वतः पुग्नेछन् । दुबैजना पोखरामा उम्मेदवार भएकोले यतिबेला पोखरामा चुनावी सरगर्मी ह्वात्तै बढेको छ ।

    यहाँका लायन्सहरुबीच तानातान देखिएको छ। लायन्स ३२५ बि १ मा पोखरा, लमजुङ, तनहुँ, बाग्लुङसहित गण्डकी प्रदेशका लायन्स क्लबहरु आवद्ध छन्।महाधिवेशनमा करिब ४ हजार लायन्सहरु पोखरा आउँदैछन् । सेकेण्ड भाइस डिष्ट्रिक्ट गर्भनर पदमा यो संस्थासँग आवद्ध सबै लायन्स क्लवहरुले मतदान गर्छन्। निर्वाचनमा काठमाण्डौंसहित गण्डकी प्रदेशमा रहेका करिब १ हजारजनाले मतदान गर्नेछन्।

    लायन्स क्लबमा १५ जना सदस्य भए एकजनालाई मताधिकार दिइन्छ भने २० जना सदस्य भएको क्लबले २ वटा मत हाल्न पाउँछन। २५ भन्दा बढी सदस्य भएका क्लबको हकमा ३ भोटको ब्यवस्था गरिएको छ। लायन्स ३२५ बि १ मा २ सय ६७ भन्दा बढी क्लब र १० हजारभन्दा बढी सदस्य आवद्ध रहेका छन्।

    लान्यस क्लबमा अन्य संघ संस्थाजस्तो प्रत्यक्ष राजनीति हावी त छैन तर आन्तरिक रुपमा भने अछुतो छैन । अहिले उम्मेदबार बनेका दुबैजना वामपन्थी विचारधाराका भएकाले अहिले पार्टी तहसम्मै अफ्ठेरो अवस्था आइपरेको जानकार बताउँछन् । ध्रुब परिपक्व र अनुभवी छन्, विश्वेश्वरको युवा जोश छ ।

    सेकेण्ड भाइस डिस्ट्रिक्ट गभर्नरमध्ये अनुभवी र परिपक्व लायनका रुपमा आफ्नो छवि बनाएका वर्ष २०१८÷१९ का डिस्ट्रिक्ट चिफ एडभाइजर लायन धु्रव श्रेष्ठको पनि उम्मेदवारी रहेको छ । पोखराको पुरानो र अन्तर्राष्ट्रिय रुपमा पनि सफल पहिचान बनाएको लायन्स क्लब अफ अन्नपूर्णको संस्थापक उपाध्यक्ष हुँदै अहिले ३५० भन्दा बढी क्लबको नेतृत्वका लागि उम्मेदवारी दिएका श्रेष्ठ आफ्नो अनुभव र योगदानलाई लायन मित्रहरुले बुझ्नेमा ढुक्क छन् ।

    लायन्समा कसरी लाग्नुभयो ? लायनवादप्रतिको आकर्षण के हो ?

    २१ वर्षकै युवा उमेरमा म लायनवादमा लागेको थिएँ । तत्कालीन लियो क्लब अफ पोखरा अन्नपूर्णबाट मेरो समाजसेवाको यात्रा सुरु भएको थियो । सुरुमा नेटवर्क र फेलोसिप भनेर लागे पनि उमेर बढ्दै जाँदा लायनको वृहत्तर महत्व र योगदानको बारेमा थाहा पाउँदै गएपछि अझ यसप्रतिको सम्मान र गरिमा बढेको हो ।

    आफूभन्दा कम अवसर प्राप्त व्यक्तिहरुको मुहारमा उहाँहरुको शैक्षिक, समाजिक र स्वास्थ्यको सुधारका लागि गरेको प्रयासले उहाँको अनुहारमा आएको मुस्कान नै सबैभन्दा ठूलो प्राप्ति हो । त्यसबाहेक हजारौं मित्रहरु, लायनवादको सिंगो परिवार आफ्नो वृत्तिविकास गर्दै समाजसेवाको पनि अवसर पाएँ भन्ने लाग्छ ।

    यति पछि उम्मेदवारी किन ?

    लामो समयसम्म लायन्समा रहेर मैले कमाएको र प्राप्त गरेको अनुभव अब म लायन डिस्ट्रि«क्ट ३२५ बी १ लाई थप बलियो बनाउन र थप प्रभावकारी पद्धतिबाट यसलाई सञ्चालन गर्ने उद्देश्यले नेतृत्वका लागि इच्छुक भएको हुँ ।

    जहाँ आवश्यकता त्यहाँ लायन्स भन्ने लायन्सको नारा अनुरुप संख्यात्मक भन्दा पनि गुणात्मक र लोकप्रिय भन्दा पनि प्रभावकारी कार्यक्रम सञ्चालन गरी विश्वमा फैलिरहेको लायनवाद मार्फत् धेरैको जीवनस्तरमा परिवर्तन आउन सकोस भन्ने मूल ध्येय नै मेरो उम्मेदवारीमा छ ।

    केका लागि नेतृत्वका लागि अग्रसर हुनुभयो ? योजनाहरु के के छन् ?

    द्वित्तीय भाइस डिस्ट्रि«क्ट गभर्नर भनेको गभर्नरको सहयोगी मात्रै हो । त्यसैले द्वित्तीय भाइस डिस्ट्रिक्ट गर्भनर हुँदा म गभर्नरसाबको सबै काममा उत्तिकै सहयोगीको भूमिका खेल्नेछु । नयाँ क्लबहरुलाई दिशा निर्देश गरेर थप बलियो बनाउने छु । त्यसपश्चात मेरो गभर्नरको यात्रामा म सबैभन्दा पहिलो प्राथमिकता डिस्ट्रिक्ट बाइफर्गेसनलाई दिनेछु । ३२५ बी १ अब ठूलो परिवार भइसक्यो । नेपालीमा उखान छ, केरा र छोरा जत्ति छुुट्यायो उति फैलन्छन् । त्यसैले यसको बाइफर्गेसन आवश्यक छ ।

    देशको राष्ट्रपति महिला, सभामुख महिला र आउँदो गभर्नरसाब पनि महिला भएको समयमा लायन्समा भने ३३ प्रतिशत पनि महिला सदस्य हुनुहुन्न । त्यसैले उमन मेम्बरसिप इयरका रुपमा घोषणा गरे महिलाहरुलाई लायनमा र समग्रमा नेतृत्व तहमा सबल बनाउने लक्ष्य लिएको छु ।

    मेरो होम क्लब लायन्स क्लब अफ पोखरा अन्नपूर्णमा रहेर लायन्समा विदेशी ग्रान्ट र सहयोगमा दर्जनौं परियोजना ल्याएको अनुभव छ । त्यसैले त्यही अनुभव र मित्रहरुसँगको सहकार्यमा इन्टरनेसनल ग्रान्टका लागि पहल गरी १ क्लब १ प्रोजेक्टलाई जोड दिनेछु । साथै लामो अवधिका परियोजना र टुक्रे भन्दा पनि समग्र रुपमा शिक्षा, स्वास्थ्य र खानेपानीका ठूला परियोजना क्लबहरुमार्फत गर्ने लक्ष्य लिएको छु ।

    डिस्ट्रिक्टमा यदाकदा देखिने तिक्तता र असमझदारीलाई निर्मुल पार्दै स्वस्थ्य र बलियो लायन डिस्ट्रिक्टका रुपमा विकास गर्ने लक्ष्य समेत लिएको छु । त्यो बाहेक युवा मित्रहरुलाई लक्ष्य गरी इन्टरनेसनल एक्सचेन्ज कार्यक्रम, क्षमता अभिवृद्धि कार्यक्रम र अन्य थुप्रै योजना लिएको छु ।

    सामाजिक संस्थामा नेतृत्वमा हानथाप सट्टा मिलेर जान सकिन्न ?

    यहाँलाई स्पष्ट बनाउँ । विगत ७ वर्षदेखि गभर्नर बन्नुभएका पूर्व गर्भनरसाब हरुलाई राम्ररी थाहा छ, ध्रुव श्रेष्ठ नेतृत्वका लागि आउनुहुन्छ भने हामी छोडेर उहाँलाई अगाडि बढाउँछौ भन्ने उद्घोष गर्दा पनि मैले उहाँहरुलाई नेतृत्वका लागि अनुरोध गरेको हुँ । अहिले सही समय, सही बेला र डिस्ट्रिक्टको आवश्यकता समेतलाई मध्यनजर गर्दै मैले द्वित्तीय भाइस गभर्नरका लागि उम्मेदवारी दिएको हुँ । म चुनौतीसँग सामाना गर्ने रहर गर्ने व्यक्ति हुँ ।

    डिस्ट्रिक्ट बाइफर्गेसन गर्नुपर्ने टड्कारो आवश्यकता छ र त्यो अत्यन्तै चुनौतीपूर्ण काम हो । यो र यस्तैे चुनौतीपूर्ण कामका लागि लायन मित्रहरुले योग्य र अनुभवीलाई अगाडि बढाउनुपर्छ भनेकैले म अगाडि बढेको हुँ ।

    व्यक्तिगत रुपमा केही फाइदा छैन । ४२ वर्ष मैले जे लिएँ लायनबाट अब मैले दिने बेला आएको छ । मेरो अनुभव मसँगै सकिनु हुँदैन । नयाँ क्लब र नयाँ लायन मित्रहरुका लागि प्रयोग हुनुपर्छ । लायन्स क्लबमा लागेकोे ८ वर्षमा गर्भनर बनेको इतिहास छ । म ४२ वर्षमा आउँदा कसरी होड हुन्छ ? म पूरै विधिसम्म, प्रक्रिया र पूर्ण धैर्य कायम गरेर आएको हुँ ।

    डिस्ट्रिक्टको सद्भाव र पोखरेली एकता नखल्बलियोस भनेर मैले सहमतिका लागि हदैसम्मको लचकता अपनाएको हुँ । यहाँसम्म कि जिम्मेवार पूर्व गर्भनर साबहरुसमक्ष पनि मैले डिस्ट्रि«क्टको हार्मोनीका लागि यहाँहरुको निर्णय अन्तिम हुनेछ भनेको थिए । तर पूर्व गर्भनर साबहरुले कुनै निर्णय दिन नसकेपछि मेरो पूर्व योजना र तयारीका साथ मैले उम्मेदवारी दिएको हुँ ।

    तपाईंको जित्ने आधार के हो ?

    मेरो उम्मेदवारी लहडका भरमा आएको होइन । उम्मेदवारी दिनुभन्दा पहिला सबै तह र तप्काका लायन मित्रहरुसँग परामर्शमार्फ्त आएको हुँ । सबैको उत्साहजनक अनुमति नपाएको भए आउँदिनथे । भविष्य त्यसैको सुनिश्चित हुन्छ जसको विगत भरोसालाग्दो हुन्छ । मेरो अनुभव, कार्यक्षमता, क्लब र डिस्ट्रि«क्ट तहमा साथै अन्तर्रा्ष्ट्रिय स्तरका काममा पनि मैले नेतृत्व गरिहँदा गरेका कामको फेहरिस्त पढेर र बुझेर नै लायन मित्रहरुले मलाई विश्वास गर्नुहुन्छ भन्ने कुरामा ढुक्क छु ।

    त्यसमाथि मैले आफ्नो योजना सार्वजनिक गरिसकेको छु । ती योजना हावामा बनाइएका महल होइनन् बरु व्यावहारिक र समयसापेक्ष लायनवादलाई थप उचाइमा र्डोयाउने कडी भएकाले पनि मित्रहरुले मलाई जिताउनुहुनेछ भन्ने विश्वस छ । विद्वान लायन मित्रहरुको निर्णय क्षमतामा म यति आश्वस्त छु कि तामझाम रवाफ र झुटको कालो बादल फाटेर मित्रहरु मेरा लागि उभिनुहुने कुरामा मलाई शंकै छैन ।

    विजयी हुनेमा कत्तिको विश्वस्त हुनुहुन्छ ?

    क्रिम अफ द सोसाइटी अथवा विवेकशील अगुवाहरुको संस्था भएकाले कर्म र सेवाभावमा विश्वास गर्ने मित्रहरुले न्यायको पक्षमा, पद्धतिको पक्षमा, कामको पक्षमा र अनुभवको पक्षमा उभिदै मलाई जिताउनुहुन्छ भन्ने कुरामा पूर्ण विश्वस्त छु ।

    श्रोतः समाधान दैनिक

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.