• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

गण्डकी प्रदेशका पर्यटकीय स्थलको पोखरामा फोटो प्रदर्शनी

  •      /१३ बैशाख २०७६, शुक्रबार १२:५५ ,  प्रकाशीत
  • पोखरा, १३ बैशाख/ ‘आजको अनिवार्यता, सशक्त व्यावसायिक फोटो पत्रकारिता’ नाराका साथ शुक्रबार राष्ट्रिय फोटो पत्रकारिता दिवसका अवसरमा गण्डकी प्रदेशस्तरीय फोटो प्रदर्शनी गरिएको छ ।

    नेपाल फोटो पत्रकार महासंघ गण्डकी प्रदेश र कास्की शाखाको आयोजना र पर्यटन बोर्डको प्रवद्र्धनमा गण्डकी प्रदेशका पर्यटकीय गन्तव्यका ५० वटा फोटो फेवाताल किनारको बाराहीचोकको खुला सडक पेटीमा प्रदर्शनी गरिएको हो ।

    प्रदर्शनीमा गण्डकी प्रदेशका ११ जिल्लाका फोटाहरु राखिएको हो । माछापुच्छ«े, अन्नपूर्ण, मुस्ताङ, मनाङ, पोखरा, लमजुङ लगायतका पर्यटकीय स्थलका फोटाहरु आकर्षणमा रहेका थिए । फोटो पत्रकार कृष्णमणि बराल, राम गुरुङ, अशेष शाक्य, प्रदीप पौडल, इन्द्र पौडेल, उमेश पुन, नारायण आचार्य, दुर्गा पौडेल, सञ्जय श्रेष्ठ, सुरज श्रेष्ठ, ओम लामा, सागरराज तिमिल्सिना, दीपक परियार लगायत १४ जनाले खिचेका फोटोहरु प्रदर्शनीमा राखिएको नेपाल फोटो पत्रकार महासंघ गण्डकी प्रदेशका सचिव कृष्णमणि बरालले बताए ।

    ती तस्वीरले हिजो र आजको गण्डकी प्रदेशको झल्को दिएको छ । एकै थलोमा गण्डकी प्रदेशलाई नियाल्न सकिने भएकोले धेरैको मन जितेको थियो । तालबाराही मन्दिर दर्शन गर्न आउने समेतले तस्वीरमार्पmत गण्डकी प्रदेशको एकै पटक अवलोकन गर्न पाए । प्रदर्शनीमा राखिएका फोटोमध्ये उपल्लो मुस्ताङ, मनाङ, पोखराको हेमजा, फेवाताल, सूर्योदय, सराङकोट, भेंडाबारीको फोटोमा धेरैको आँखा गडेको थियो । सो प्रदर्शनी करिब ८ हजार जनाले अवलोकन गरेको नेपाल फोटो पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष राम गुरुङले बताए ।

    गोरखापत्रमा पहिलो पटक फोटो छापिएको दिनलाई नै नेपालमा राष्ट्रिय फोटो पत्रकारीता दिवस मनाउने गरिएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.