कास्की । गण्डकी प्रदेशका आन्तिरक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले खराब नागरिक संगठनहरुलाई हटाउन वा नियन्त्रण गर्न सकेमात्रै राम्रालाई संरक्षण सकिने बताएका छन् ।
इन्सेकको आयोजनामा पोखरामा भएको नागरिक संगठनका संवैधानिक अधिकार विषयक संवाद कार्यक्रममा बोल्दै मन्त्री चुमानले सहि नागरिक संघ संगठनहरुलाई संरक्षण गर्न सरकार सचेत रहेको बताउँदै नागरिक अगुवा र संस्था प्रति प्रदेश सरकार सधैं सकरात्मक रहने भनाई राखे । ‘सरकार त सचेत हुनैपर्दछ , जिम्मेवार हो यहाँहरु पनि सचेत भएर जिम्मेवार भैदिनु भयो भने राम्रो हुने थियो’,उनले भने ।
इन्सेक अध्यक्ष इन्दिरा श्रेष्ठले मानवअधिकार मैत्री वातावरण समाज निर्माणका लागी सरकार र नागरिक संघ संस्थाहरुको भुमिका महत्वपूर्ण हुने बताइन् ।
उनले ऐनहरु बनाउँदा नियन्त्रणकारी भन्दा नियमनकारी बनाउनु पर्ने धारणा राखिन्।‘नागरिक संघ संगठन सरकारको सहयोगी हो प्रतिपक्ष होइन, सरकारले नागरिक संगठनलाई साथिको रुपमा हेर्ने गरोस्’,उनले भनिन् ।
कार्यक्रममा आधारपत्र प्रस्तुत गर्दै इन्सेक केन्द्रिय कार्यलयका श्रीराम बजगाईले नेपालमा नागरिक संघ संस्थाले निति र सरकारको भुमिकामा प्रश्न गर्न पाउने कानुनी र नितिगत चाहाना राखेको बताए ।
‘जनताका आवाजहरुलाई मुखरित गर्ने र सरकार तथा राजनितिक दलहरुले घोषणा गरेका मुद्धाहरुलाई पुरा भए भएनन् भन्ने बारेमा नागरिक संघ संस्थाले आवाज उठाउन पाउनुपर्दछ’,उनले भने ।
उनले नागरिक संघ संस्थालाई प्रोत्साहित गर्ने खालको बाताबरण बन्ने विश्वास गरे।

Related