• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

माओवादी आक्रमणमा १६ सैनिकको मृत्यु

  •    शुभेच्छा न्यूज संवाददाता  /१८ बैशाख २०७६, बुधबार १५:५४ ,  प्रकाशीत
  • भारतमा माओवादी विद्रोहीले गराएको बम विस्फोटनमा बुधबार कम्तीमा १६ जना मारिएका छन्। विशेष सुरक्षा टोलीमा रहेका १५ जना र एक चालकको मृत्यु भएको प्रहरीले जनाएको छ।

    दशकौँदेखि भारतमा भइरहेको माओवादी द्वन्द्वका कारणले भएका घटनामध्ये बुधवारको घटना पनि ठूलो घटना मानिएको प्रहरी अधिकारीको भनाइ छ।

    सन् १९६० को दशकदेखि शुरु भएको माओवादी द्वन्द्वका क्रममा भारतमा अहिलेसम्म दशौँ हजारको मृत्यु भइसकेको छ। चिनियाँ नेता माओ त तुङबाट प्रभावित विद्रोही र सुरक्षाकर्मीबीच भारतमा लामो समयदेखि भिडन्त र आक्रमणका घटना हुँदै आएका छन्।

    भारतको महाराष्ट्र राज्यमा माओवादी विद्रोहीले केही सवारीसाधनमा आक्रमण गरेको सूचनाका आधारमा त्यसतर्फ जाँदै गर्दा उनीहरूले सुरक्षाकर्मीकै गाडीमा आक्रमण गरेको अधिकारीले जनाएका छन्।

    महाराष्ट्रको गढचिरौलीमा घटना भएको हो। उक्त क्षेत्र माओवादी अतिप्रभावित क्षेत्र मानिन्छ। भारतका झारखण्ड, पश्चिम बंगाल, उडिसा, विहार, छत्तीसगढ, उत्तर प्रदेश, कर्णाटकलगायतका क्षेत्रमा पनि माओवादीको धेरै प्रभाव रहेको छ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.