पोखरा । पोखरा आयोजित घोडा दौड प्रतियोगितामा नेपाल आर्मीका जगदिश घिसिङले नयाँ राष्ट्रिय किर्तिमान सँगै स्वर्ण पदक जितेका छन् ।
पोखराको फेवाताल किनारको बाराहीघाट खेल मैदानमा आयोजित पोखरामा सम्पन्न पाँचौ सस्करणको इक्विस्ट्रियनको हाइजम्प इभेन्टमा ५ फिट ९ इन्चको जम्प गर्दै नयाँ किर्तिमान बनाउँदै उपाधि जितेका हुन् ।
यस अघि लामो समय देखि रामहरि खड्काको नाममा रहेको हाइजम्प तर्फ पुरानो रेकर्ड ५ फिट ५ इन्चलाई ब्रेक गर्दै उनले ५ फिट ९ इन्चको नयाँ रेकर्ड बनाएका हुन् ।
स्वर्ण पदक बिजेता घिसिङले नेपाली सेनाका जमदार राजेन्द्र थापा र करण चौधरी सङ अन्तिम प्रतिष्पर्धा गरेका थिए । अन्तिम स्पर्धामा उक्त इभेन्टमा रजत पदक विजेता राजेन्द्र ५ फिट ७ इन्च र काश्य पदक विजेता करणले भने पुरानै रेकर्ड ५ फिट ५ इन्चमा रोकिन पुगेका थिए। विजेताले प्रमाणपत्रका साथमा क्रमश नगद २०, १५ र १० हजार समेत प्राप्त गरेका छन ।
यसै गरि प्रतियोगिताको सोजोन इभेन्ट तर्फ नेपाली सेनाका ओम प्रकाश यादव स्वर्ण पदक जित्न सफल भएका छन । उनले सोजोन इभेन्टको बाधा दुरी पार गर्न जम्मा १ मिनेट खर्चेका थिए ।
नेपाली सेनाकै जगदिश घिमिरेले १ मिनेट १३ सेकेण्डमा पार गर्दै रजत जित्न सफल भएका छन् त्यसैगरी नेपाली सेनाकै मेघ बिक्रम खडकाले काश्य पदक जितहासिल गरेका छन् । उनीहरुले क्रमश नगद २०, १५ र १० हजारका साथमा प्रमाणपत्र समेत प्राप्त गरे ।
टेण्ट पेगिङ्ग तर्फको इभेन्टमा नेपाली सेनाका प्राविधिक सुबेदार गोबिन्द बहादुर खडकाले स्वर्ण पदक जितेका हुन्। सेनाकै ओम प्रकाश यादबले रजत र लिलाराम खडकाले काश्य पदक जितहासिल गरे । उनीहरुले क्रमश नगद २०, १५ र १० हजारका साथमा प्रमाणपत्र समेत प्राप्त गरे ।
स्थानिय घोडा दौड ‘पोनी रेस’ तर्फ राज अधिकारीले स्वर्ण पदक जितहासिल गरे । उनले नगद १५ हजार प्राप्त गरे भने नविन पुनले काश्य जित्दै नगद १० हजार र रोहित गौतम काश्य पदकसहित नगद ५ हजार प्राप्त गरे ।
महिला तर्फ समेत पर्दशनी खेल भएको थियो । पोखरामा महिला घोडचढी पर्दशनी पहिलो पटक गरिएको हो। महिला पर्दशनी तर्फ सिक्स बारमा भएको इभेन्टमा कबिता थापा, याम कुमारी राना र सरिता श्रेष्ठले सहभागिता जनाएका थिए ।

Related