पोखरा । ¥याफ्टिङ वल्र्डकपमा भागलिन अष्ट्रेलिया जानलागेको नेपाली टिमलाई पोखराका पर्यटन ब्यबसायीले बिदाई गरेका छन्। अष्ट्रेलियाको क्वीन्स ल्याण्डको टुली नदीमा ४ दिन सम्म सञ्चालन हुने वल्र्डकपमा नेपालीहरुले पनि सहभागिता जनाउने छन्।
अन्तराष्ट्रिय ¥याफ्टिङ महासंघको आयोजनामा मे १६ देखी १९ सम्म दक्षिण अष्ट्रेलियाको क्वीन्स वल्र्डकप च्याम्पियनसिप प्रतियोगिता हुने छ। वल्र्डकपमा सहभागी हुने टिमलाई शनिबार गण्डकी प्रदेश सभा सदस्य राजीब पहारी र पर्यटनसंग आबद्ध रेवान पोखरा तथा पोखरा पर्यटन परिषदका पदाधिकारीहरुले बिदाई गरेका हुन् ।
प्रतियोगितामा भाग लिनका लागि सुरज गुरुङको कप्तानीमा सुनिल गुरुङ, सविन गुरुङ, शक्ति कुमार गुरुङ, दिपेश गुरुङ, पदम बहादुर गुरुङ र रविल मिया जादै छन् । नेपाली टिम प्रशिक्षकका रुपमा नेपाल एजेन्सीज ¥याफ्टिङ एशोसियशनका अध्यक्ष निम बहादुर मगर रहेका छन् ।
प्रशिक्षक मगरले नेपाली टोलीले ४ वटा टिम इभेन्टमा सहभागीता जनाउने जानकारी दिए। उनले दुई वर्ष अगाडी जापानमा भएको प्रतियोगितामा नेपालले १३ औं स्थान हासिल गरेको बताउदै यस पटक नेपालले पदक जित्ने बिश्वास ब्याक्त गरे।
प्रतियोगितामा सहभागी हुनका लागि करिब ३४ लाख लाग्ने खर्च लाग्ने भएपनि सरकारले कुनै सहयोग नगरेको उनले बताए ।‘विभिन्न गाउँपालिका र संघ सस्थाबाट करिब १४ लाख रुपैया संकलन गरेका छौं’ उनले भने। ‘अन्य रकम उठाउने क्रममै छौं।’
अध्यक्ष मगरले केन्द्र सरकार र नेपाल पर्यटन बोर्डले कुनैपनि सहयोग नगरेको गुनासो गरे। प्रतियोगिहरु राष्ट्रिय ¥याफ्टिङ प्रतियोगिता २०७५ बाट खेलाडीहरु छनौट भएका थिए । विगत दुई महिनादेखी सेती नदीमा अभ्यास गरेका थिए।

Related