पोखरा । नेपालगञ्जमा सम्पन्न भएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत पुरुष तर्फको ह्याण्डबल खेलमा गण्डकी प्रदेशलाई स्वर्ण पदक दिलाउने खेलाडीहरुलाई पोखरामा सम्मान गरिएको छ ।
कास्की जिल्ला ह्याण्डबल संघले समग्र प्रदेशको इज्जत राख्न सफल स्वर्ण पदक दिलाउने ह्याण्डबलका खेलाडीहरुको थप हौसला स्वरुप एक समारोहका बीच शनिबार पोखरा रंगशालाको ह्याण्डबल एकेडेमीमा सम्मान गरेको हो ।
सम्मानित हुने खेलाडीहरुमा टिम क्याप्टेन बिशाल बस्नेत, दिनेश श्रेष्ठ, बिमल थापा, प्रविन गुरुङ, पवन छन्त्याल, विशाल नेपाली, राता केसी, चन्द्र केसी, कदम चालिसे, जोमिश पुर्जा, शरण थापा, सन्तोस श्रेष्ठ, कल्याण भण्डारी र शिव खड्का रहेकाछन् । टिम प्रशिक्षकमा भिमशेन शाक्य, सहायक प्रशिक्षकमा गणेश अर्याल, व्यवस्थापकमा सुमन थकाली रहेका थिए ।
त्यसै गरी आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत महिला तर्फको ह्याण्डवल खेलमा गण्डकी प्रदेशलाई कास्य पदक दिलाउने खेलाडीहरुको टोलीलाई समेत सम्मान गरिएको संघका कार्यवहाक अध्यक्ष चित्र थापाले बताए । कप्तान सुस्मीता गुरुङ सहित खेलाडी एवम् प्रशिक्षक बिष्णु गुरुङ सम्मान गरिएको थियो ।
गण्डकी प्रदेशले विभागिय टोली सशस्त्र प्रहरी बलको एपिएफलाई फाइनल खेललमा ३७—३३ गोलको अन्तरले पराजित गर्दै गण्डकी प्रदेशलाई समुहतर्फ पहिलो स्वर्ण पदक दिलाएको हो । सम्भवत समुह तर्फ प्रदेशमै पहिलो स्वर्ण पदक गण्डकी प्रदेशले ह्याण्डलबाटै प्राप्त गरेको संघका सचिव टेक बहादुर गुरुङले बताए ।
गण्डकी प्रदेश पाचौं अर्थात प्रदेशमा दोश्रो भएको छ । गण्डकी प्रदेशको प्रतिनिधित्व गरेका अधिकाशं कास्कीका खेलाडीहरु रहेको संघका उपाध्यक्ष पुष्पा श्रेष्ठले बताइन् । उक्त अवसरमा कास्की जिल्ला गल्फ संघका अध्यक्ष मेजर लक्ष्मी प्रसाद गुरुङले ह्याण्डवल खेलको विकासको लागि भन्दै २५ हजार नगद हस्तान्तरण गरेकाछन् ।
गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले राज्यको न्युन लगानीमा गण्डकी प्रदेशका खेलाडीहरुले विभागिय टोलीलाई पराजित गर्दै स्वर्ण पदक दिलाउनु गण्डकी प्रदेशकै गौरव भएको बताए । \
खेलकुदमा अब खेलसंगै ज्ञान र विज्ञान आवश्यक भएको उनको भनाइ छ । आर्थिक विकास र मुलुकको समृद्धिको लागि खेलकुदलाई पनि संगै लैजानु पर्ने कुरालाई बुझेर गण्डकी प्रदेशले होस्टेल सहितको सुविधा सम्पन्न स्टुडियो निमार्ण गर्ने योजना रहेको मन्त्री गुरुङले बताए ।

Related