स्याङ्जा / सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले स्याङ्जा जिल्लाका स्थानीय निकायका लागि अध्यक्ष र सचिवको नामावली तयार गरेको छ । जम्माजम्मी ११ स्थानीय निकाय रहेको स्याङ्जा जिल्लामा ६ वटा गाउँपालिका र ५ वटा नगरपालिका रहेका छन् ।
‘अध्यक्ष र सचिवको नामावली आइसकेको छ,’ एक स्थानीय नेताले भने, ‘वैशाख २८ गतेको जिल्ला कमिटीको बैठकमा त्यसलाई सार्वजनिक गरिनेछ ।’ उनका अनुसार ११ वटै स्थानीय निकायको नेतृत्व विवादरहित टुंगिएको हो ।
नेकपाभित्र प्रदेश र जिल्लाको नेतृत्व छनोट गर्न ठूलो विवाद भएको भएपनि स्थानीय निकायमा भने गाह्रो देखिएको छैन । स्याङ्जाका लगभग सबै स्थानीय निकायहरूमा पनि जिल्ला नेतृत्वकै मोडेलमा अध्यक्ष र सचिवको टुंगो लागेको छ । अध्यक्ष पूर्व एमालेबाट भए सचिव पूर्व माओवादीका छन् भने पूर्व माओवादी अध्यक्ष भए सचिव पूर्व एमालेबाट छानिएको छ ।

Related