• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

औषधि पसलमा अनुगमन तीव्र पारेपछि व्यवसायीकाे भागाभाग

  •    शुभेच्छा न्यूज संवाददाता  /२४ बैशाख २०७६, मंगलवार १५:३८ ,  प्रकाशीत
  • पोखरा/औषधि व्यवस्था विभागले सुदुरपश्चिमका औषधि पसलहरुमा अनुगमन तीव्र पारेपछि व्यवसायीकाे भागाभाग भएकाे छ। यही १७ देखि २३ गतेसम्म बाजुरा, अछाम र कैलाली जिल्लामा अनुमगन गरिएकाे थियाे।

    औषधि व्यवस्था विभाग नेपालगञ्जका फार्मेसी निरिक्षकहरु विजय कार्की, पुष्प राना क्षेत्री र यादव ढकालको नेतृत्वमा कैलाली जिल्लाका जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय सम्नवय गरी २५ औषधि पसल/फार्मेसी अनुगमन गरिएकाे थियाे।

    अनुगमन गर्ने क्रममा २ वटा औषधि पसल शिलबन्दी भएको छ भने ३ लाइ जिल्ला प्रशासनको रोहवरमा बन्द गरिएको छ।

    शिलबन्दी हुनेमा कैलाली धनगढ़ी न.पा.-२स्थित अनमोल आयुर्वेदिक उद्याेग(न्यु रोज मार्केटिंग सप्लायर्स) र जिल्ला बाजुरा बान्नीगढी जयगड गा.पा.-३ स्थित ईभानजालिना मेडिकल( बान्नीगढी हेल्थ केयर) रहेका छन्।

    त्यसैगरी जिल्ला प्रशासन कार्यालयको रोहवरमा बन्द गराइएका बाजुरा बडीमालीका न.पा. ८ का सुन्दर बढीमालीका फार्मेसी र सोही जिल्ला जड़गाका बल बहादुर बडवाल किल्निक र बाम्का बजारको कालिका किल्निक परेका छन्।

    अनुगमन टोलीले अछाम साफेवगर न.पा.-१३ का वावली मेडिकलले दर्ता नभएको औषधि सञ्चय गरेकाले कारबाहीको लागि विभागीय पत्र काटेकाे छ।

    त्यसैगरी कैलाली जिल्ला धनगढी न.पा. मा रहेको थोक पसल एसआर फर्मास्युटिकल्स ड्रिस्टिब्युटर्स र सगरमाथा मेडिसिन ड्रिस्टिब्युटर्स लाई अनुगमन गर्दा उक्त औषधि पसलहरुद्वारा सुदुर पश्चिम क्षेत्रका जिल्लाहरुमा दर्ता नभएको औषधि पसलहरु र किल्निकहरु लाई अबैध तरीकाले औषधि विक्रिवितरण गरीएकाे पाइयाे।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.