• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

कांग्रेसको आरोप; प्रेस स्वतन्त्रतामाथि सरकारले ‘कू’ गर्न खोज्यो

  •    शुभेच्छा न्यूज संवाददाता  /२९ बैशाख २०७६, आईतवार १४:०४ ,  प्रकाशीत
  • २९ बैशाख
    काठमाडौं। सरकारले प्रेस स्वतन्त्रतामाथि कू गर्ने उद्देश्यका साथ मिडिया काउन्सील सम्बन्धी विधेयक ल्याएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विरोध जनाएको छ ।

    नेपाली कांग्रेसले लामो समयपछि आफ्नै केन्द्रीय कार्यालयमा पत्रकारहरु बोलाएर मिडिया कानुनका बारेमा बोलेको हो । आइतबार कांग्रेस मुख्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कांग्रेस सभापति शेरबहादुर देउवाले भने, ‘यो पत्रकार र प्रेस स्वतन्त्रतामाथिकै कू हो । हामी यसलाई फिर्ता गराउँछौं ।’

    सरकारले स्वायत्त निकायका रुपमा रहेको प्रेस काउन्सीललाई पूर्ण हस्तक्षेप गर्ने प्रावधानसहित नयाँ मिडिया काउन्सील गठन गर्ने गरी विधेयक संसदमा दर्ता गराएको छ । सो विधेयकमा स्वतन्त्र प्रेसको घाँटी निमोठने र मिडियाको आलोचनात्मक विशेषतालाई पूर्ण रुपमा नियन्त्रण गर्ने प्रावधान राखेको छ ।

    मिडिया कन्टेन्टहरुलाई गलत व्याख्या गरेर लाखौ रुपैयाँ जरिवाना गर्ने र लामो जेल सजाय तोक्न सकिने व्यवस्था पनि उक्त विधेयकमा गरिएका छन् । उक्त विधेयकबारे सर्वत्र विरोध भइरहेका बेला नेपाली कांग्रेसले पनि पत्रकार सम्मेलन आयोजना गरेर कडा टिप्पणी दिएको हो ।

    कांग्रेसले मिडिया काउन्सिलसन्बन्धी विधेयक संविधानको प्रस्तावनाकै शब्द, भावना र मर्मको प्रतिकूल बाहिरबाट ल्याइएको भन्दै यसलाई कुनै हालतमा पनि सदनबाट पारित हुन नदिने घोषणा गरेको छ । पूर्वप्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति देउवाले यो विधेयक पारित भए प्रेस सरकारको पूर्ण नियन्त्रणमा जाने ठोकुवा गरे । उनले यो विधेयक योजनावद्ध रुपमा ल्याइएको बताउँदै यस्तो कू नेपालमा हुन नदिने बताए ।

    सरकारले सदनमा दर्ता गरेको विधेयक विश्वव्यापी स्थापित परम्परा र मान्यता विपरीत भएको भन्दै कांग्रेसले लेखेकै कारण पत्रकारलाई लाखौ जरिवाना तोकेर प्रेसको घाँटी निमोठन खोजेको आरोप लगाएको छ ।

    पत्रकार सम्मेलनमा बोल्दै कांग्रेस सहमहामन्त्री प्रकाश शरण महतले सरकारले योजनावद्ध रुपमा पत्रकारलाई दुःख दिन खोजेको बताए। उनले भने, ‘सञ्चारकर्मीलाई विभिन्न बहानामा अनावश्यक दुःख दिने र सजाय गर्ने कुराहरु हामीलाई मान्य छैन । प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने, स्वतन्त्र रुपमा पत्रकारिता गर्ने अधिकारलाई कुण्ठित गर्ने प्रयासको हामी विरुद्धमा छौं।’

    त्यसैगरी कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले मिडियामाथि नियन्त्रण गरेर सरकार अधिनायकवादतिर अघि बढेको आरोप लगाए । उनले भने, ‘विश्वव्यापी रुपमा प्रेस सम्बन्धमा दुई मापदण्ड प्रसिद्ध छन् । पहिलो, जहाँ लोकतन्त्रको समुन्नत अभ्यास छ, त्यहाँ प्रेसले निर्वाध काम गर्न पाएको छ र आफ्ना लागि आचारसंहिता आफैं तय गरेको छ ।

    दोस्रो, जहाँ अधिनायकवाद छ, त्यहाँ प्रेसलाई सरकारले या त सोझै नियन्त्रण गरेको छ या अनेक कानून निर्माण गरेर घुमाउरो ढंगले नियन्त्रणमा राखेको छ । नेपाली कांग्रेस सोध्न चाहन्छ दोस्रो बाटो हिडेर सरकार आफूलाई लोकतान्त्रिक सिद्धान्त र संस्कारको दावी गर्न कसरी सक्छ ?’

    कांग्रेसले प्रेससम्बन्धी कुनै पनि कानून निर्माण गर्दा नेपाल पत्रकार महासंघलगायतका सरोकारवाला संस्थाहरुसँग कुनै छलफल नगर्नु गैरजिम्मेवार शैली भएको दावी गरेको छ ।

    हाल प्रेस काउन्सिल नेपालले समाचार लेख्ने क्रममा पत्रकारबाट त्रुटि हुँदा पत्रकारिताको मुल्य मान्यता र पत्रकार आचारसंहिताको ख्याल गर्न लगाउँदै त्यसप्रति सचेत गराउने गरेको छ ।

    पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले विधेयकको विरोध गर्दै ८ बुँदे विज्ञप्ति बाचन गरेर सुनाएका थिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.