• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरादेखि भारतको देहरादुन सम्म बस सेवा सञ्चालन हुने

  •    शुभेच्छा न्यूज संवाददाता  /२९ बैशाख २०७६, आईतवार १४:१९ ,  प्रकाशीत
  • २९ बैशाख
    कास्की । पृथ्वी राजमार्ग बस सेवा समितिले पोखरादेखि भारतको देहरादुन सम्म सिधा बस सेवा सञ्चालन गर्ने भएको छ ।पृथ्वी राजमार्ग बस सेवा अन्तर्रगतको मोर्डन एरा टुर्स एण्ड ट्राभल्सले हप्तको १ एक दिन बुधबार बस सेवा सञ्चालन गर्न लागेकोको पृथ्वीराजमार्ग बस संचालक समितिका अध्यक्ष एनकुमार साईले जानकारी दिए।

    उनका अनुसार पोखराबाट नारायणगढ बुटबल, महेन्द्रनगर बनबास रुद्रपुर हरिद्धारा ऋषिकेश हुँदै देहरादुन सम्म बस सञ्चालन हुने छ ।बुधबार पोखराबाट गएको बस शनिबार देहरादुनबाट फर्किने छ ।

    भारतको देहरादुनमा नेपालीहरुको बसोवास भएकोले उनीहरुको सेवा सहित पोखरा क्षेत्रको पर्यटन प्रबर्धनमा टेवा पुग्ने गरी सिधा बस सेवा संचालन गर्ने अन्तिम तयारी गरेको मोडन एरा टुर्सका अध्यक्ष केशव प्रसाद अधिकारीले बताए ।

    जेठको पहिलो साताबाट पोखरा देखि देहरादुन बससेवा सञ्चलन गर्ने आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा अधिकारीले जानकारी दिए । भारतको नयाँ दिल्लि पोखरा बस सेवा सञ्चालन गर्दै आएका आएको मोर्डन एरा टुर्स एण्ड ट्राभल्सले दिल्लि बस सेवा गरेको १२ बर्ष पछि देहरादुन बस सेवा शुरु गर्ने लागेको हो।

    पोखराबाट नारायणगढ, बुटवल, महेन्द्रनगर, बनबास, रुद्रपुर, हरिद्धार, ऋषिकेश हुदै देशरादुनसम्मको यात्रा गर्दा प्रति यात्रुले भारु २ हजार ७ सय रुपैया अर्थात नेपाली ४ हजार ३ सय २० रुपैया शुल्क तिर्नुपर्नेछ ।

    धार्मिक पर्यटनको माध्यमबाट हरिद्धार, ऋषिकेश र नेपालको मुक्तिनाथसम्मको धार्मिक पर्यटन प्रर्बद्धन गरी शिक्षा, स्वास्थ्य क्षेत्रमा समेत सिधा बस सेवाले धेरैलाई सहज हुने अध्यक्ष अधिकारीले बताए । तीन वटा बसबाट सेवा सुरु गरेको मोडन इराले हाल २२ वटा गाडीहरुबाट सेवा प्रदान गर्दै आएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.