पोखरा । समाजमा विद्यमान विकृति र विसंगति व्याप्त थियो। परिवर्तनका नाउँमा ठूलाठूला आन्दोलन भए पनि नेपाली समाजमा यथेष्ट परिवर्तन हुन सकिरहेको थिएन। नेपाली जनताले समाज परिवर्तनको आशामा पटकपटक गरेको विद्रोह ओइलाउँदै थियो। जनताको नजरमा नेता र व्यवस्थाप्रति घृणा बढ्दो थियो। यसै बीचमा विकृति र विसंगतिले व्याप्त समाजलाई परिवर्तन गर्ने हुटहुटी चल्यो बिन्दुकुमार थापाको मनमा।
‘सकिन्छ समाज सुधारौँ, नसके नबिगारौँ’ भन्ने मान्यताका उनले दुई दशकपहिलेदेखि नै पोखराका एक दर्जनभन्दा धेरै संघसस्थामा आवद्ध भएर विभिन्न कोणबाट परिवर्तनको नेतृत्व गरे। उनले गरेका राम्रा कामको प्रभाव समाजमा बढ्दै गयो। संस्थाको नेतृत्वसँगै खारिँदै गएका उनले आफ्नो व्यवसायमा समेत एकपछि अर्को गर्दै सफलता हात पार्दै गए।
करिब तीन दशकदेखि पोखराको नयाँबजारस्थित आफ्नै घरबाट अटो, रियलस्टेट, हाइड्रो पावरलगायत दर्जनौँ व्यवसाय सञ्चालन गर्दै आएका उनी समाज सेवा र व्यवसाय दुवैमा सफल हुँदै गए। उनी पोखराका विभिन्न सामाजिक संघसंस्था र व्यावसायिक संघसंस्थाको नेतृत्व पनि सफल रूपले गरे।
पोखराकै सबैभन्दा पुरानो संस्था पोखरा उद्योग वाणिज्य संघको नेतृत्व गरेपछि मात्रै उनी राजनीतिमा आएका हुन्। दुई दशकदेखि विभिन्न संघसंस्थाको नेतृत्व गर्दा राजनीतिमा गुमनाम देखिएका उनी प्रदेश र संघको चुनावी सरगर्मी बढिरहेकै बेलामा नेपाली कांग्रेसको तर्फबाट राजनीतिमा होमिएका हुन्। त्यसपछि पोखराको माहौल नै एकाएक तात्यो।
राजनीतिक पार्टीहरूमा टिकटको जोडघटाउ चलिरहेकै बेला थापाले प्रदेशसभाका लागि कास्की २ को ‘ख’ बाट टिकट पाए। उनले टिकट पाएपछि कास्की कांग्रेसमा रडाको मच्चिन थाल्यो। नेता कार्यकर्ता क्रुद्ध बने। थापाले कांग्रेस नेतृत्वलाई आर्थिक प्रभावमा पारेको आरोपसमेत लाग्यो। पार्टीमा आन्तरिक द्वन्द्व चर्किन थाल्यो। वर्षौंदेखि राजनीतिमा लागेका नेता कार्यकर्तालाई पार्टीले अन्याय गरेको भन्दै पार्टी गुट उपगुटको कित्तामा विभाजित भयो।
चुनावी मिति पनि नजिकिँदै थियो। वर्षौंदेखि आफूले गरेको योगदानलाई पार्टीले मूल्यांकन नगरेको भन्दै युवानेता नरेशशंकर पालिखेले उनीविरुद्ध कांग्रेसको तर्फबाट बागी उम्मेदवारीसमेत दिए। थापालाई एकातिर राष्ट्रिय राजनीतिमा राम्रो प्रभाव बनाइसकेका नेकपाका युवानेता एवं पूर्वसांसद राजकाजी गुरुङसँग प्रतिस्पर्धा गर्नु थियो भने अर्कोतरि थिए कांग्रेसमै राम्रो प्रभाव भएका र तत्कालीन पोखरा उपमहानगरपालिकाका उपमेयरसमेत भइसकेका बागी उम्मेदवार पालिखे। यो उनका लागि ठूलो चुनौती बन्यो। तर पनि विभिन्न कालखण्डमा विभिन्न संघसंस्थामा कुशल नेतृत्व गरेका उनी कत्ति पनि हतोत्साहित भएनन्।
उनी भन्छन्, ‘विभिन्न संघसंस्थाहरूमा प्रतिस्पर्धा गर्दै अगाडि बढेकाले चुनावलाई सहज रूपमा लिएँ। आखिर चुनाव हो, प्रतिस्पर्धा त हुन्छ नै। तर, आफू निकटस्थ र आफन्तसँग समेत चुनाव लड्नुर्पयो। त्यो भने मेरा लागि विडम्बना थियो।’
सांसद थापाले यसअघि पनि पोखरा उद्योग वाणिज्य संघको निर्वाचनमा सहोदर ज्वाइँसँग चुनाव लड्नुपरेको थियो। साथीभाइ इष्टमित्र, दाजुभाइ, शुभचिन्तक र पोखराका उद्योगी व्यवासयीहरूले सहमति गर्न आग्रह गर्दासमेत ज्वाइँ–जेठानबीच चुनाव भएरै छाडेको थियो। उक्त चुनावमा थापाले ज्वाइँलाई पराजित गरेका थिए।
त्यस बेला एक कार्यकाल अध्यक्ष बनिसकेका सञ्जीवबहादुर कोइरालाले थापालाई रोक्नका लागि दोस्रो कार्यकालका लागि पनि दावा गरेका थिए।
प्रदेशसभा निर्वाचनमा समेत थापालाई सहज भएन। आफ्नै पार्टीका पोखराका रैथाने पालिखे खानदानीका बागी उम्मेदवार नरेश शंकरको सामना गर्नुर्पयो। त्यसमा पनि फेरि तत्कालीन नेकपा एमाले र एमाओवादीको एकताले चुनाव जित्नु फलामको च्यूरासरह भएको थियो उनलाई। अन्ततः उद्योगी, व्यापारी, साथीभाइ, नातागोता र पार्टीका शुभचिन्तकहरूको सहयोगले उनले चुनाव जितेरै छाडे।
कास्कीका ३ संसदीय क्षेत्र र ६ प्रदेशसभामध्ये एउटाबाहेक सबैमा नेकपाले निर्वाचन जित्यो। त्यही नेकपाले नजितेको कास्की–२ को प्रदेश ‘ख’ बाट उनै बागीको निशानामा परेका थापाले मात्र कांग्रेसको तर्फबाट निर्वाचन जिते। कास्कीका नौ सिटमध्ये एउटा मात्र निर्वाचन क्षेत्रबाट कांग्रेसले चुनाव जित्यो।
बागी उम्मेदवार नरेश शंकरले करिब ३ हजार मत घटाए पनि नेकपाका उम्मेदवारलाई थापाले पराजित गरे। त्यसपछि बल्ल सांसद थापाको पार्टीपंक्ति, नेता कार्यकर्तालगायतमा उनीप्रति हेर्ने दृष्टिकोणमा परिवर्तन आउन थाल्यो।
नेकपाको बहुमत रहेको प्रदेश संसदमा थापाले पार्टीको तर्फबाट महत्त्वपूर्ण भूमिका निर्वाह गरे। प्रदेश राजधानी बनाउनेदेखि नामकरणका सवालमा उनले खेलेको भूमिकाले पोखरेलीमा आशा जगायो।
त्यति मात्र होइन, सांसद थापाले आफूले प्रदेशसभामा पाउने सम्पूर्ण पारिश्रमिक सामाजिक कार्यमा खर्च गर्ने घोषणा गरेका छन्। ‘प्रदेशसभा सदस्यबापत प्राप्त गरेको एक वर्षको मासिक पारिश्रमिक एवं बैठक भत्ता र अन्य सुविधा सामाजिक काममा खर्चिने योजना बनाएको छु’, सांसद थापाले भने, ‘२०७४ माघ देखि ०७५ माघसम्म प्रदेशसभाबाट आफ्नो खातामा आएको ७ लाख ९ हजार १३५ रुपैयाँ र अन्य शीर्षकको गरी १० लाख ५४ हजार ६ सय ५५ रुपैयाँ सामाजिक कार्यमा खर्च गरिनेछ।’
पारिश्रमिकबापतको उक्त रकम आफ्नो निर्वाचन क्षेत्रअन्तर्गतका विभिन्न विद्यालय, क्लब, मठमन्दिर, बाजा समूह, टोल विकास संस्थालगायतलाई सहयोग गर्ने सांसद थापाले जानकारी दिए। सांसद थापाले आफ्नो पहलमा संघीय र प्रदेश सरकारबाट नमूना सडक, कृषि, बाटोघाटो, शिक्षण संस्थामा प्रयोगशाला लगायतमा विभिन्न योजना समावेश गरिएको बताए।

Related