पर्वत । बिश्वकै उत्कृष्ट पर्यटकीय पदमार्ग नजिकै रहेको पर्वतको भुकदेउराली गाउँलाई नमूना पर्यटकीय गाउँ बनाउने अभियानमा स्थानीयबासीहरु जुटेका छन् । हिमालको काखमा रहेको गाउँमा पर्यटकहरुलाई स्वागत गर्न स्थानीयले विभिन्न पूर्वाधारहरु निर्माण गरेका छन् ।
पर्यटकीय गाउँ बनाउने अभियानमा प्रवासमा रहेका भूकबासीले रू. ५० लाख भन्दा बढी सहयोग उपलब्ध गराएका छन् । पर्यटकलाई स्वागतका गर्न स्वागतद्धार, स्थानीय परिकार र आतिथ्यता सहितको होमस्टे तथा शौचालय निर्माण गरिएकोे छ । गाउँमा एकनासका ढुंगाले छाएका घर छन् भने सबै घर एउटै रंगले रंगाइएको छ । गाउँभरि ढुंगाको छपनी बिछ्याएर बनाइएको सिंढीसँगै रेलिङ राखिएको छ ।
गाउँमा रातैभर उज्यालो हुनेगरी सडकबत्ती जडान गरिएको छ । फोहोर फाल्ने ड्रम राखिएका छन् । महिला समुहले साप्ताहिक रुपमा बाटोघाटो पनि सफा गर्ने गर्छन । नमूना गाउँ अभियानका संयोजक चीजकाजी गुरुङका अनुसार गाउँमा १ हजार ३३३ मिटर लम्बाइको सिंढी बनाइएको छ । २२० मिटर धूलेसडक ढलान गरिएको छ भने ४९ ओटा सडक बत्ती र ४ ओटा सार्वजनिक शौचालय निर्माण गरिएको छ ।
भुकदेउरालीमा १६७ घर रहेकोमा ५० ओटा घरमा होमस्टे सञ्चालनमा छन् । बेलायती सेनामा भर्ती भएर उतै बस्दै आएका स्थानीय पञ्चकाजी गुरुङको नेतृत्वमा प्रबासीले सहयोग गर्दै आएका छन् । दृश्यावलोकन, सफा वातावरण, मिलेको बस्ती र गाउँवासीको आतिथ्यताले गाउँ पर्यटकीय केन्द्रसँगै थप नमूना हुने अपेक्षा रहेको वडाध्यक्ष गौवहादुर गुरुङले बताए ।
उनले भने, ‘नमूना गाउँ बनाउन वडाले पनि सक्दो सहयोग गरेको छ ।’ गाउँमाथिको भमरकोट मन्दिर सूर्योदयका लागि उपयुक्त स्थान हो ।

Related