• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

रुपन्देहीको शंकरपुर गोली चल्यो, एक घाइते

  •    शुभेच्छा न्यूज संवाददाता  /२ जेष्ठ २०७६, बिहीबार १४:३३ ,  प्रकाशीत
  • भैरहवा- रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-१० शंकरपुर नाकामा गोली चलेको छ।भारतबाट हतियार लिएर नेपाल प्रवेश गरेका भारतीय नागरिक धिरज धोवीलाई पक्राउ गरी नेपाल ल्याउने क्रममा आक्रमण भएपछि प्रहरीले गोली चलाएको हो।

    सादा पोशाकका प्रहरीमाथि आक्रमण भएपछि आत्मरक्षाका लागि गोली चलाउनुपरेको रुपन्देहीका प्रहरी प्रवक्ता डीएसपी धर्मराज भण्डारीले बताए। भारतको महाराजगंज जिल्ला थाना सुनौली फरेन्दाका ५० वर्षीय धीरज धोवीले ‘मेड ईन युएसए’ लेखिएको अटोमेटिक पेस्तोल नेपाल ल्याउदै गर्दा प्रहरीले बोर्डर क्षेत्रबाट उनलाई पक्राउ गरेको थियो।

    नेपाल ल्याउँदै गर्दा धोवीले स्थानियसँग हार गुहार गरेका थिए। यसपछि स्थानियले प्रहरीमाथि आक्रमण गरेपछि प्रहरीले आत्मरक्षाका लागि गोली प्रहार गरेको रुपन्देही प्रहरीले जनाएको छ।

    ‘प्रहरीले पक्राउ गरी ल्याएका हतियारधारी व्यक्तिले गुहार मागेपछि भारतीयहरु नेपालको सीमाक्षेत्रमा प्रवेश गरेर प्रहरीलाई आक्रमण गरेका थिए,’ रुपन्देहीका डीएसपी धर्मराज भण्डारीले भने, ‘प्रहरीले आत्मरक्षाका लागि गोली चलाएको हो।’

    प्रहरीले चलाएको गोली लागेर महाराजगंज जिल्ला थाना सुनौली फरेन्दाका २०/२१ दीलिप धोवी घाईते भएका छन्। उनको पेटमा गोली लागेको छ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.