• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

‘हिजो चप्पल लाउन नसक्ने नेताहरुको रातारात जीवन फेरियो’ डा. भट्टराई

"जनताले नबुझ्ने नेता नीतिमा जे बोलेपनि हुने "
  •    शुभेच्छा न्यूज संवाददाता  /३ जेष्ठ २०७६, शुक्रबार १५:४३ ,  प्रकाशीत
  • पोखरा ।समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले केपी ओली नेतृत्वको सरकारको आयू लामो नभएको बताएका छन् ।

    पोखरामा शुक्रवार समाजवादी पार्टीको अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै डा. भट्टराईले सरकारले देशको हित हुने कुनैपनि काम नगरेकोले कम्युनिष्ट सरकार छिटै ढल्ने बताएका हुन्।

    ‘जनताले जुन प्रकारको निराशा छ । देशमा कुशासन र भ्रष्टाचार चुलिँदै छ। जनपक्षिय कामनै गर्न सकेन’,उनले भने–‘यो नाममात्रैको कम्युनिष्ट हो । अंशबण्डा नमिलेपछि कचिङ्गल सुरु हुन्छ ।’ अहिलेको काँग्रेस र कम्युनिष्ट पार्टीले देशलाई सही गन्तब्यमा पु¥याउन नसक्ने उनले ठोकुवा गरे। ‘कम्युनिष्टहरु बर्ग विहिन समाजवाद ल्याउँछौ। तर उनीहरुमा झनै ठूलो स्वार्थ पैदा भयो’ उनले भने।‘हिजो चप्पल लाउन नसक्ने नेताहरुको रातारात जीवन फेरियो ।

    तपाईंका घरदैलोमा आएर जडौरी लुगा लाएर हिड्नेहरु अहिले आलिसान महलमा बसेका छन् ।’जनताको अवस्था झनझन दयनिय हुदै गएको समेमत उनले टिप्पणी गरे।

    पूर्व प्रधानमन्त्री समेत रहेका डा. भट्टराईले ०५२ साल अघिका पार्टीले नेपाली राजनीतिको नेतृत्व गर्न नसक्ने बताए । ‘अव कांग्रेसको युग सकियो । उसले स्वतन्त्रतामा आधारित लोकतन्त्र ल्याउन भूमिका खेलेकै हो । उसलाई धन्यवाद दिनुपर्छ’ उनले भने। ‘कम्युनिष्ट पनि अत्यन्त अलोकतान्त्रिक र अधिनायकबादी चरित्रतर्फ लागिरहेको छ । गणतन्त्रसम्म लैजानका लागि कम्युनिष्टले सहयोग गरेकै हो।तर कम्युनिष्टले देशको नेतृत्व गर्ने दक्षता देखाएन।’

    भट्टराईले आफ्नो पार्टीको विरुद्ध गरिएको प्रचारमा काउण्टर दिन कार्यकर्तालाई आग्रह गरे। कसैले गलत नियतले कुनैपनि कार्य गरेको अवस्था तुरुन्त काउण्टरमा लाग्न निर्देशन दिए। ‘सबै साथीहरु सक्षम भएर लाग्नुस’ उनले भने–‘हरेक काममा प्रतिक्रिया हुन्छ । हाम्रा विरुद्धमा दुस्प्रचार गरिरहेका छन् । त्यो अपेक्षाकृत छ । तर हिजो बन्दुकसंग खेलेर आएको मान्छे शब्दसंग को डराउँछ ?’

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.