पर्वत । पर्वतको खानीगाउँका करिब चार दर्जन भन्दा धेरै युवाहरु नकपा परित्यागगरी नेपाली काँग्रेसमा प्रबेश गरेका छन्। गण्डकी प्रदेशका उद्योग, पर्यटन तथा वातावरण मन्त्री बिकास लम्सालको आफ्नै गाउँका ५० भन्दा धेरै युवाहरु काँग्रेस प्रबेश गरेपछि पर्वत नेकपामा हलचल शुरु भएको छ।
कम्युनिष्टको पिँजडामा थुनिएर संधै दासी जस्तै जीन्दगी विताउन नसकिने भन्दै साविक खानीगाउँ गाविसको–७ नम्वर वडाका ५० जना स्थानीय (अधिकांश युवा) नेपाली काँग्रेसमा प्रबेश गरेका हुन् । उक्त वडा मन्त्री लम्सालको वडा हो। मन्त्री लम्सालकी श्रीमती मन्जु अधिकारी स्थानीय तहको निर्वाचनमा सोही वडावाट प्रतिनिधित्व गदै उपमेयर बनेकी थिईन ।
युवाहरुलाई सँधै आश्वासन देखाउने र अवसरवाट बञ्चित गरेको भन्दै युवाहरु नेपाली काँग्रेसमा प्रवेश गरेको हुन् । फलेवास नगरपालिकाको केन्द्र समेत रहेको खानीगाउँमा आयोजित काँग्रेसको जागरण कार्यक्रमा ति युवाहरुलाई पार्टी प्रबेश गराइएको हो।
युवाहरुलाई काँग्रेसका नेता एवं पूर्वसाँसद ऋषिकेश तिवारीले पार्टि प्रबेश गराएको थिए।

Related