• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

सूर्य थापा भन्छन् ; खेतला उम्मेदवार बोक्दा ‘खोलो त¥यो, लौरो विस्र्यो’ जस्तै भयो,

  •    शुभेच्छा न्यूज संवाददाता  /७ जेष्ठ २०७६, मंगलवार १२:०१ ,  प्रकाशीत
  • प्यूठान। प्रतिनिधी सभामा खेतला उम्मेदवार जनताको प्रतिनिधी हुँदा प्यूठान विकास निर्माणमा पछाडी परेको नेकपा केन्द्रिय सदस्य सूर्य थापाले अभिव्यक्ति दिएका छन् ।
    सामाजिक सञ्जालमा विचार लेख्दै नेता थापाले भनेका छन्,‘पार्टी नेतृत्व र नेताहरुले सँधै मसालको लागी छाड्ने गरेको विडम्वना भोगिरहेका छौँ । हाम्रो भोटले उनीहरुले चुनाव जितेको भोलिपल्टदेखि बिर्सेर खोलो त¥यो, लौरो विस्र्योजस्तो गर्दै आएको अवस्था छ ।’

    राष्ट्रिय राजनीतिमा पहुँच राख्न नसक्ने नेकपा मसालका प्रतिनिधीहरुकै कारण विकास निर्माणमा प्यूठान अझ पछाडी धकेलिएको उनले धारणा व्यक्त गरे । कुनैबेला प्यूठानको ढुंगोमाटो समेत मसाल भएकोप्रति व्यंग्य गर्दै उनले ‘हाँसको चाल न कुखुराको चाल’ जस्तो मसालको राजनीति देखेर सवैले छाडेको सुनाए ।

    ०५१, ०५६ र ०७४ सालको निर्वाचनमा गलत ठहर गरी छाडेर हिडेको मसालको गिलास चिन्हमा ‘कथित’ तालमेलको नाममा कार्यकर्ताले भोट हाल्न बाध्य भएको उनले बताए । तर, मसालसँगको तालमेलले गर्दा जिल्लाको समग्र विकास निर्माण पछाडी परिरहेको उनको ठहर छ । चुनाव जितेर गएका मसालका प्रतिनिधीले जनताको पीडा, गुनासा सुन्न गाउँ नफर्केको समेत उनले बताए ।

    २०७४ सालको निर्वाचनमा देशभर ६२ हजार मतमा खुम्चिएको राष्ट्रिय जनमोर्चासँग प्यूठानमा नेकपा जस्तो विशाल पार्टीले दिनानुदिन प्रतिस्पर्धा गर्नु दुःखद् पक्ष रहेको उनले बताए । थापाले आगामी दिनमा आफ्नै शक्तिमा उभिएर प्रतिस्पर्धा गर्नका लागि अग्रसर हुन समेत आफ्ना नेता, कार्यकर्ताहरुलाइ आग्रह गरे । उनले राजमोको लागि यो नै अन्तिम मौका भएको बताएका छन् ।

    थापाले भनेका छन्,‘राजमोको लागि यसपालीको तालमेल राजनीति थिएन्, प्राविधिक हिसावले मात्र स्वीकार्य र मान्य थियो ।’ अर्को स्थानीय निर्वाचनपछि प्यूठानमा राजमो÷मसाल खोज्न दिउँसै टर्चलाइट बाल्नुपर्ने स्थिती बनिसक्ने निश्चित नै भएको उनको दावी छ । राष्ट्रियता, जनतन्त्र र जनजिविकाको पक्षमा मसालका प्रतिनिधीले केही गर्ने हैसियत नराख्ने समेत थापाले प्रष्ट पारे ।

    थापाले व्यंग्य गर्दै प्रष्टाएका छन्,‘कोही छाती पिटिपिटी रोइकराइ गरेपनि मसालको धरातलीय यथार्थ यही नै हो ।’ प्यूठानको दुइ स्थानीय तहमा सिमित राजमो एमाले माओवादी एकीकरणपछि जनमतको अल्पमतमा परेको बताए ।

    झिमरुक गाउँपालिकामा पूर्व एमाले र माओवादीको मत मिसाउदा ५ हजार १ सय र राजमोको ३ हजार ७ सय मात्र मत हुन्छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.