पोखरा । भोजपुरमा प्रहरीको गोली लागेर मंगलबार घाइते भएका नेत्रविक्रम चन्द विप्लवका कार्यकर्ता तीर्थराज घिमिरेको मृत्यु भएको छ।
टेम्केमैयुङ्ग गाउँपालिका–२ स्थित मैयुङ्ग क्षेत्रको धोद्रे जंगलमा मंगलबार दिउँसो प्रहरीको गोली लागेर घाइते उनको उपचारको क्रममा बीपी स्वास्थ्यविज्ञान प्रतिष्ठान धरानमा आज मृत्यु भएको भोजपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले जानकारी दिए।
उनका अनुसार घिमिरेको समयमा उपचार गर्न अस्पताल पुर्याउन नसक्दा अत्याधिक रक्तश्रावका मृत्यु भएको हो। सरकारले विप्लव समूहमाथि प्रतिबन्ध लगाएपछि यसका नेता तथा कार्यकर्ताहरूलाई नियन्त्रणमा लिँदै आएको छ।

Related