पोखरा – एचआईभी संक्रमित ५६ वर्षीय गोपाल श्रेष्ठ सगरमाथाको सफल आरोहण गरी कीर्तिमान राख्न सफल भएका छन्।२५ वर्षदेखि एचआईभीबाट संक्रमित श्रेष्ठले बुधबार बिहान सर्वोच्च शिखर सगरमाथामा एचआईभी संक्रमितको तर्फबाट पहिलोपटक नेपाली राष्ट्रिय भण्डा फहराउन सफल भएका हुन्।
फ्रेन्ड्स क्लबबाट ६ वर्ष व्यवसायिक फुटबल खेलेका श्रेष्ठले दोस्रो पटकमा सगरमाथाको सफल आरोहण गरेका हुन्। चुचुरोमा गोपालसहित छ जनाको टोली सगरमाथाको चुचुरोमा पुगेको ‘स्टेप अप क्याम्पियन अभियान’की अभियन्ता जमुना शर्माले सगरमाथा बेसक्याम्पमा रहेका सरकारी सम्पर्क अधिकारी ज्ञानेन्द्र देउजालाई उद्धृत गर्दै जानकारी दिएकी हुन्। उनका अनुसार एचआईभी संक्रमित व्यक्तिले सगरमाथाको सफल आरोहण गरेको यो नै पहिलोपटक हो।
श्रेष्ठले ड्रिम्स डेष्टिनेसन कम्पनीमार्फत एक्स्पिडिसनका फुर्वा तेञ्जिङ शेर्पाको नेतृत्वमा सगरमाथा आरोहण गरेका हुन्। नेपाली समाजमा एचआईभी संक्रमितहरूलाई नकारात्मक दृष्टिकोणले हेर्ने प्रचलन कायम रहेको बेला उनै संक्रमित श्रेष्ठले विश्व कीर्तिमानी राख्न सफल भएका हुन्। संक्रमितले सबैको साथ, उत्प्रेरणा र अवसर पाए सामान्य मानिसले जस्तै आफ्नो परिवार, समाज, राष्ट्र र सम्पूर्ण विश्वकै लागि केही गर्न सक्छन् भन्ने पुष्टि उनले गरेका छन्।
एचआईभीबाट संक्रमित व्यक्ति पनि स्वस्थ व्यक्तिजस्तै लामो समय बाँच्न मात्र होइन, साहसिक काम पनि गर्न सक्छन् भन्ने उनी उदाहरण बनेका छन्। विश्वभर छरिएर रहेका एचआईभी संक्रमितहरूको प्रतिनिधित्व गर्दै ‘स्टेप अप क्याम्पियन’ अभियानमार्फत सन् २०१५ मा सगरमाथा चढ्ने प्रयास गरेका गोपाल विनाशकारी महाभूकम्पका कारण त्यसबेला सफल हुन सकेका थिएनन्। उनले यसअघि विश्वका विभिन्न हिमालहरूको सफल आरोहण गरिसकेका छन्।
सन् २०१३ मा विश्वका अग्ला शिखरहरूमध्येका हाई पास (थोर्राङ्ला), सन् २०१४ मा आइसल्याण्ड पिक (६१८० मिटर), सन् २०१६ नोभेम्बरमा भर्जिन पिक (खानकार्पो)को श्रेष्ठले सफल आरोहण गरेका थिए।
सन् २०१५ मा सम्पूर्ण तयारीका साथ सगरमाथा आरोहण गर्ने क्रममा महाभूकम्पका कारण आधार शिविरबाटै फर्केका उनले सो समयमा आरोहण समूहका ५ सदस्य साथी गुमाएका थिए।
श्रेष्ठको अभियानलाई सफल बनाउन विभिन्न संघसंस्थाले आर्थिक सहयोगसमेत गरेका थिए। उनको अभियानलाई ट्रेकिङ एजेन्सी अफ नेपाल (टान)को पश्चिमाञ्चल क्षेत्रीय संघलगायतका संघसंस्थाहरूले सहयोग गरेका थिए।

Related