फेसबुकबाट महिलालाई अस्लिल सामाग्री पठाउने युवा पक्राउ
/८ जेष्ठ २०७६, बुधबार ०३:१८ , प्रकाशीत
पोखरा । महिलालाई सामाजिक सञ्जाल फेसबुकबाट अश्लिल म्यासेज पठाएर दुब्र्यवहार गरेको आरोपमा पर्वतमा एकजना युवाालाई प्रहरीले पक्राउ गरेको छ। महिलाले फेसबुकको म्यसेन्जरबाट आफुलाई अश्लिल म्यासेज पठाएर दुब्यवहार गरेको उजुरी गरेपछि जिल्ला प्रहरी कार्यालय पर्वतले युवालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा पर्वतकै मोदी गाउँपालिका ६, तिलाहार घर भई डिमुवामा बस्दै आएका २६ वर्षीय सुरेन्द्र नेपाली रहेका छन्। नेपालीले ती महिलालाई विभिन्न समयमा म्यासेजमार्फत दुर्व्यवहार गरेपछि उनले कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएकी थिइन्।
महिलाको जुरी पछि प्रहरीले अभियुक्तलाई पक्राउ गरी मंगलबार विद्युतीय ऐनअन्तर्गत अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर टेकु काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले बताए। ‘अभियुक्तलाई पक्राउ गरि बिद्युतीय कारोवार ऐन अनुसारको कारवाहीको लागि काठमाण्डौं पठाएका छौं’ उनले भने।

Related