• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरा महानगरले वडाका टोल,टोलमा सार्वजनिक शौंचालय बनाउने

  •    शुभेच्छा न्यूज संवाददाता  /९ जेष्ठ २०७६, बिहीबार १२:३५ ,  प्रकाशीत
  • पोखरा । पोखरा महानगरपालिका वडाहले सार्वजनिक शौचालय बनाउने अभियान थालेका छन्। सार्वजनिक ठाउँमा शौंचालय नहुँदा नागरिकले शौंचको लागि समस्या भोग्न बाध्य भएपछि पोखरा महानगरपालिका वडानम्म्वर २१ ले सार्वजनिक शौंचालय निर्माण अभियानलाइ अगाडि बढाइएको हो ।

    वडाध्यक्ष खगराज आचार्यले यस वर्षदेखि शौंचालय निर्माणको अभियान सुरु भएको र आगामी वर्ष वडाका सबै टोलमा शौंचालय निर्माणको काम गरिसक्ने बताए । ‘टोलबाट शौंचालय निर्माणको कामनै थालिसक्यौं’ उनले भने। वडाका ३७ टोलमा एक÷एक वटा सार्वजनिक शौंचालय निर्माण गर्ने छौं ।

    टोल टोलमा सार्वजनिक शौंचालय बनाउने अभियानलाई अन्य वडामा पनि विस्तार गरिने पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले बताए । ‘कास्की नै खुल्ला दिशामुक्त क्षेत्र घोषणा भइसकेको अवस्थामा टोलटोलमा सफासुग्घर राख्न शौंचालय निर्माण गर्न महानगरले योजना बनाएको हो’ उनले भने।‘यस आर्थिक वर्षमा अन्य वडाका १० ठाउँमा सार्वजनिक शौंचालय निर्माण गर्छौ।’नागरिहरुको चाप बढी हुने १० स्थानमा यो वर्ष शौंचालय निर्माण गर्न लागिएको हो ।

    पोखराको हल्लनचोक र डेभिजफल्समा अपांगता मैत्री शौंचालय निर्माणको काम अगाडी बढाइएको महानगरको सहरी पूर्वाधार महाशाखाले जनाएको छ । महाशाखाका अनुसार शौंचालयको डिजाइन समेत तयार भएको छ । पोखरा ७ स्थित मालपोत क्षेत्र, वडा नम्बर १ को हरिचोक, वडा नम्बर २५ को मिलनचोक, पोखरा २६ को राखीडाँडा पिकनिकस्थल, पोखरा २८ रत्नशोभा मावि प्रांगणमा शौंचालय निर्माण गरिने योजना अगाडी बढेको छ ।

    त्यसैगरी पोखरा १८ को भकुण्डे, पोखरा २१ दोबिल्ला पिकनिकस्थल, गौरीशंकर आधारभूत विद्यालयमा पनि सार्वजनिक शौंचालय निर्माण गरिने छ ।निर्माण गरिने शौंचालय आधुनिक सुविधा युक्त हुने महानगरले जनाएको छ । शौंचालय निर्माणको लागि महानगरले १ करोड रकम विनियोजन गरेको छ ।

    त्यसैगरी गण्डकी प्रदेश सरकारले पोखराका ४ ठाउँमा स्मार्ट शौंचालय निर्माणको लागि ५० लाख सहयोग गरेको छ । स्मार्ट शौंचालय हल्लनचोक, डेभिजफल्स, मालपोत र हरिचोकमा निर्माण गरिनेछन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.