स्याङ्जा – स्याङ्जाको आँधीखोला गाँउपालिकामा पर्ने ऐतिहासिक श्रवण कुमार अन्धाअन्धी दहसम्म पुग्ने १५ सय मिटर पदमार्ग निर्माण भएको छ ।आँधीखोला गाँउपालिका वडा नम्बर २ को टापुबाट दहसम्म पुग्नका लागि व्यवस्थित पदमार्ग तयार गरिएको गाँउपालिकाका अध्यक्ष सुधीर पौडेलले जानकारी दिनुभयो ।
अन्धाअन्धी श्रवणकुमार पर्यटन गुरु योजना कार्यान्वयन कार्यक्रमको २० लाख रुपैयाँ, नेपाल पर्यटन बोर्डको ५ लाख रुपैयाँ र आँधीखोला गाँउपालिकाको १० लाख रुपैयाँ गरी ३५ लाख रुपैयाँको लागतमा १५ सय मिटरको व्यवस्थित पदमार्ग निमार्ण भएको हो ।पर्यटककीय एवं एतिहासिक धार्मिक क्षेत्रको रुपमा परिचित अन्धाअन्धी दह आँधीखोलाको मुहानसमेत हो ।
बाटो व्यवस्थित नहुँदासमेत पर्यटकको चाप हुने गरेको बताउँदै गाँउपालिकाका उपाध्यक्ष शर्मिला पौडेलले बाटोे निर्माणपछि पर्यटक निक्कै वढ्ने दाबी गर्नुभयो ।
श्रवण कुमारले आफ्ना अन्धा बुवाआमालाई बोकेर हिँडेका र त्यस क्षेत्रमा आइपुग्दा पानीको प्यास लागेपछि पानी खोज्ने क्रममा राजा दशरथको वाणबाट छोरा श्रवणकुमारको ज्यान गए पछिअन्धा बुवाआमा रुँदारुँदै आँधीखोला बनेको विश्वास गरिन्छ ।

Related