• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

भोलि नेपाल बन्द ! सरकार र बन्दकर्ता दुवै आक्रामक,

"जनसाधारणमा त्रास "
  •    शुभेच्छा न्यूज संवाददाता  /१२ जेष्ठ २०७६, आईतवार १२:३० ,  प्रकाशीत
  • पोखरा । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले भोलि जेठ १३ गते नेपाल बन्दको घोषणा गरेको छ। गत बिहीबार एक विज्ञप्ति जारी गर्दै महासचिव विप्लवले आफ्नो पार्टीको युवा संगठनका नेता तीर्थराज घिमिरेलाई प्रहरीले गिरफ्तार गरी हत्या गरेको विरोधमा भोलि नेपाल बन्दको घोषणा गरेका हुन् ।

    खोटाङको सीमानामा पर्ने मैयुमको धोत्रेमा युवा संगठनका तीर्थराज घिमिरे कमरेड राजुलाई केपी ओली सरकारको ठाडो आदेशमा सुरक्षा फौजले गिरफ्तार गरी दोहोरो भीडन्तको नाममा हत्या गरेको नेकपाले विज्ञप्ति मा उल्लेख गरेको छ । 

    नेकपाले हत्या जस्तो निकृष्ट हर्कतको सबै मानवअधिकार कर्मी, नागरिक समाज, पत्रकारले डटेर विरोध गर्नुका साथै कमरेड तीथराज घिमिरेको हत्या घटनाको सत्यतथ्य छानविन गरी सार्वजनिक गर्न विज्ञप्तिमार्फत माग पनि गरेको छ ।

    महासचिव विप्लवले सरकारले चलाएको हत्या हिंसाका विरुद्ध पार्टीले प्रतिरोध गर्नुको विकल्प नरहेको अवस्थामा तत्कालका लागि बन्दसहितको संघर्षका कार्यक्रम घोषणा गरिएको जनाएका छन् ।

    विज्ञप्तिमार्फत उद्योग व्यावसायी, यातायात कर्मी, शिक्षण संस्थान लगायतका सबैले उक्त कार्यक्रमलाई सहयोग र ऐक्यबद्धता जाहेर गर्नुका साथै सहयोग र समर्थन गर्न  नेकपाले अपिलसमेत गरेको छ ।

    यता सरकारले पनि व्यापक सुरक्षाको तयारी गरेको बुझिएको छ । पार्टीमाथि नै निषेध गरिएकाले सुरक्षाकर्मीहरु दमनमा उत्रिने अनुमान स्वत गर्न सकिन्छ । बन्दको आक्रामक प्रस्तुती र सरकारको पनि आक्रामक सुरक्षा व्यवस्थाको तयारी भएकाले हिंसा भड्किन सक्ने त्रास पाइएको छ ।

    बन्दको पूर्वसध्यामा काडमाण्डौंका दुइस्थानमा बिमबिष्फोट भएको छ / काठमाडौको सुकेधारामा अज्ञात वस्तु बिष्फोट हुदा एक जनाको ज्यान गएको छ ।आज दिउँसो ४ः ३० बजेतिर भएको बिष्फोटमा परी १ जनाको मृत्यु पाँच जना घाइते भएको महाराजगञ्ज प्रहरी बृत्तका प्रमुख डिएसपी फणिन्द्र प्रसाईंले जानकारी दिए ।

    उनका अनुसार के वस्तु पड्किएको भन्ने बषियमा अनुसन्धान जारी छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.