• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

स्याङ्जाका कोईरालाको स्पेनमा सडक दुर्घटनामा परी मृत्यु

  •    शुभेच्छा न्यूज संवाददाता  /१३ जेष्ठ २०७६, सोमबार ०५:४८ ,  प्रकाशीत
  • पोखरा । स्याङ्जा विरूवा गाउँपालिका चिन्नेबास स्थायी घर भएका स्पेनको बार्सिलोना बस्दै आएका पुजन कोईरालाको सडक दुर्घटनामा परी शनिबार राति मृत्युु भएको हो।

    साईकलमा सवार २२ वर्षीय कोईरालालाई नगरपालिकाको फोहोर बोक्ने सवारीले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको गुआर्डिया उर्बाना प्रहरीलाई उदृत गर्दै स्थानीय संचारमाध्यमहरुले जनाएका छन्।

    होम डिलीवरीको सेवा दिने एक कम्पनी ग्लोबोमार्फत खाना पुर्याउन हिडेका उनि बार्सिलोना स्थित ग्रानभिया र बाल्मेस जक्सनमा दुर्घटनामा परेका थिए।

    कोईरालाको परिबारमा आमा र दुई दिदिबहिनीहरु मात्र रहेका छन्। यसअघि पितालाई गुमाईसकेका उनी परिबारका एक्ला छोरा थिए। दुई बर्षअघि अध्ययनका लागि जर्मनी आएका भएपनि, स्थायी बसोबासका लागि कागजी प्रक्रिया सहज हुने देखेर ७ महिना यता उनी स्पेनमै थिए।

    एनआरएनए स्पेनले विज्ञप्ति जारी गर्दै कोईरालाको निधनप्रति दुःख व्यक्त गरेका छ। संघका अध्यक्ष चिन्तामणि सापकोटाले घटनाबारे परिबारलाई जानकारी दिईसकेको बताए । उनले भने,” शव ब्यबस्थापन र कानुनि प्रक्रियाका लागि दूताबास र कन्सुलरमार्फत प्रक्रिया अघि बढिसकेको छ, अर्कोतर्फ परिबारका लागि आर्थिक सहयोग संकलन गर्ने निर्णय गरेका छौ।”

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.