कृष्ण अन्जान ज्ञवाली पोखरा । दुर्गम हिमाली र पहाडी जिल्ला तिर यतिवेला यार्सागुम्वा टिप्नेको लर्कौ लेक तिर लाग्दै छ तर अचम्म पोखरा महानगरपालिका वडा न १६ बाटुले चौरमा भने घरमै यार्सा गुम्वाको खेति शुरु भएको मात्र छैन घरमै उत्पादन गरिएको यार्सागुम्वाले बजार पाउन थालेको छ ।
पोखराको बाटुले चौरमा रहेको हिमालयन च्याउ फार्मका सञ्चालक टिकाराम अर्यालले यो यार्सा गुम्वा कोठा भित्र फलाउन थालेका छन ।उनले नेपालमा पहिलो पटक यार्सागुम्वाको यो प्रजाति लाइ परिक्षणको रुपमा उत्पादनको प्रयास गरेकोमा उत्पादन सफल भएको छ ।
यार्सा गुम्वाका विभीन्न प्रजातिहरु छन ,नेपालको उच्च हिमाली यार्सागुम्वा वहुमुल्य प्रजाती हो ।यहि यार्सा गुम्वाको एक प्रजातिलाइ विकसीत मुलुक हरुमा व्यवसायिक रुपमा खेति शुरु गरिएको छ ।लामो अनुसन्धान पछि पोखराको हिमालयन च्याउ फार्मका सञ्चालक टिकाराम अर्यालले यो खेति शुरु गरेका हुन ।
यार्सागुम्वाको सेवनले दिर्घयु वन्न,खेलाडिहरुको तन्दुरुस्ती कायम राख्न,प्रजनन क्षमता वढाउन ,मधुमेह ,कलेजो किडनी वचाउन मद्धत गनर्सका साथै स्वास प्रश्वास समस्या समाधान गर्दछ भने क्यान्सर विरद्ध पनि लड्ने क्षमता पनि यसमा पइने यार्स उत्पादक टिकाराम अर्यालले वताए ।
नेपालको हिमाली क्षेत्रमा पाइने यार्सागुम्वाको मुल्य प्रतिकीले साठि देखी सत्तरीलाख छ जसको प्रयोग सवै नेपालीले गर्न सक्दैनन तर यो यार्सा गुम्वाको मुल्य प्रतिकिलो ६ लाख पर्छ । सस्तो मुल्य पर्ने र घरमै उत्पादन गर्न सकिने भएकाले पनि यसको व्यवसायिक खेतिको संभावना देखिएको यार्सा अवलोकनमा वाटुलेचौर पाुगेका सविन जिशीको भनाइ छ ।
टिकाराम अर्याल पेशाले पृथ्वी नारायण क्यम्पासमा अध्यापन गर्ने प्रध्यापक हुन ।उनि प्रध्यापन पेशामा केहि समय निकालेर यो फार्म सन्चालन गरिरहेका छन ।गुल्मीवाट सोह्र वर्ष अघि पोखरा झरेका उनि निरन्तर आफुले भाडामा लिएको कोठामा यो च्याउको अनुसन्धान गरिरहेका छन तर अहिले सम्म उनको प्रयासमा राज्यको आंखा गएको पाइदैन ।
कृष्ण अन्जान ज्ञवाली
पोखरा । दुर्गम हिमाली र पहाडी जिल्ला तिर यतिवेला यार्सागुम्वा टिप्नेको लर्कौ लेक तिर लाग्दै छ तर अचम्म पोखरा महानगरपालिका वडा न १६ बाटुले चौरमा भने घरमै यार्सा गुम्वाको खेति शुरु भएको मात्र छैन घरमै उत्पादन गरिएको यार्सागुम्वाले बजार पाउन थालेको छ ।

Related