पोखरा । एचआइभी संक्रमितका तर्फबाट सर्बोच्च शिखर सगरमाथाको सफल आरोहणगरी गृहनगर पोखरा फर्र्कीएका गोपाल श्रेष्ठको पोखरामा भव्य स्वागत सहित अभिनन्दन गरिएको छ ।
श्रेष्ठलाई सगरमाथा आरोहण गराउने ‘स्टेप अफ क्याम्पियनले’ समुहले उनको स्वागत तथा अभिनन्दन गरेको हो । अभिनन्दनमा पोखराका अधिकांससंघ सस्थाहरुको सहभागिता रहेको थियो । अभिनन्न पछि श्रेष्ठलाई बाजागाजा सहित पोखरा परिक्रमा पनि गराईएको थियो ।
दुई महिना अगाडी पोखरावाट सगरमाथा आरोहणका लागि प्रस्थानगरेका श्रेष्ठले यही जेठ ८ गते बुधवार विहान ७ः३० वजे सगरमाथाको शिखरमा नेपाली भण्डा फहराएका थिए। श्रेष्ठ पुर्व राष्ट्रिय फुटवल खेलाडी समेत हुन्।
एआइभी संक्रमित ब्यक्तिले सगरमाथाको सफल आरोहण गरेको यो नै पहिलो हो । पोखरा ७ रत्नचोक निवासी श्रेष्ठ आरोहण पश्चात फर्कने क्रममा स्वास प्रश्वास र अन्य शारिरीक समस्याका कारण एक हप्ता काठमाण्डौमै उपचार गराएर आज आज मात्रै उनी पोखरा फर्किएका हुन् ।
स्टेप अफ क्याम्पिएनका संयोजक पदमराज पहारीले अभियानले पहिलो चरणको सफलता पाएको बताए। ‘यस अभियान समग्र नेपालीको हो । त्यसैले हामीले गोपालको आरोहण पछिको आगमनलाई भव्य रुपले स्वागत र अभिनन्दन गरेका हौं’ उनले भने। ‘यो पोखरेलीहरुको पनि शानहो।’
पोखरा विमानस्थलमा अवतरण पछि आरोही श्रेष्ठले यो सफलता संसार भरका एचआईभी संक्रमितहरुको बिश्व किर्तिमानी रेकर्ड भएको छ,’ उनले भने। नयाँ रेकर्ड भएको बताए। ‘बल्ल अभियान सुरु भएको छ, गर्नु पर्ने कामहरु धेरै छन। संसार भरका एचआईभी संक्रमित एक भएर समाजरुपान्तर गर्दै सकाजले हेर्ने नजरमा परिवर्तन गर्न आवस्यक छ।’
श्रेष्ठले ड्रिमर्श डेस्टिनेशन ट्रेक्स एण्ड एक्सपिडिशनका फूर्वा तेन्जीङ शेर्पाको नेतृत्वमा सगरमाथा आरोहण गरेका हुन । उनलाई आरोहण गराउनका लागि हिमाल आरोहणमा अनुभवी दाकिवा शेर्पाले जिम्मा लिएका थिए ।
श्रेष्ठले विश्वभर छरिएर रहेका एचआईभी संक्रमितहरुको प्रतिनिधित्व गर्दै ‘स्टेप अप क्याम्पियन’ अभियान मार्फत बिक्रम संवत २०७२ मा सगरमाथा चढ्ने प्रयास गरेका थिए । तर, त्यति वेलाको विनाशकारी महाभूकम्पका कारण आरोहण सफल हुन सकेन।
एचआईभी र एड्ससँग सम्बन्धीत भेदभावको अन्त्य गर्ने उद्देश्यले सगरमाथा चढ्ने उनको पहिलो प्रयास विफल भएपनि यसपाली भने उनी सफल भएका हुन् । २५ वर्षअघि एचआईभी सक्रमण भएका ५६ वर्षीय श्रेष्ठले ‘स्टेप अप क्याम्पेनको सेकेण्ड फेज’ को अभियान अन्तर्गत सगरमाथा आरोहण गरेका हुन्।
गोपालले सगरमाथा आरोहण गर्नुअघि सन् २०१३ मा ५,४१७ मिटर उचाइको थोराङ्गला पास, सन् २०१४ मा ६,१८९ मिटर उचाइको आइल्याण्ड पिकको सफल आरोहण गरिसकेका छन् ।त्यसैगरी सन् २०१६ मा ६,६४६ मिटर उचाइको भर्जिन पिक खाङ कार्पोको सफल आरोहण गरिसकेका छन् ।

Related