नेपालमाथि ‘नाकाबन्दी डिजाइनर’को भूमिका खेलेका एस जयशंकर भारतको विदेशमन्त्रीमा नियुक्त भएका छन् ।जयशंकरलाई भारतको आक्रामक कूटनीतिका योजनाकार मानिन्छ ।
दिल्लीको चर्चीत सेन्ट स्टिफन कलेजमा अध्ययन गरेका जयशंकरले राजनीतिमा एमफिल गरेका छन् । उनी परमाणु कूटनीतिका जानकार समेत हुन् ।विदेश विभागमा प्रवेश गरेपछि जयशंकरले सबभन्दा पहिला रूसस्थति भारतीय दूतावासमा जागिर खान गए ।
त्यसपछि अमेरिकास्थित भारतीय दूतावासमा प्रथम सचिव रहेका जयशंकरसँग श्रीलंकामा भारतीय सेनाको राजनीतिक सल्लाहकारका रूपमा समेत काम गरेको अनुभव छ । त्यसपछि उनी जापान र चेक रिपब्लिकका लागि भारतको राजदूतका रूपमा काम गरेका थिए भने एक वर्षअघि भुटानको दोक्लाममा देखिएको भारत-चीन विवादलाई मत्थर पार्न महत्त्वपूर्ण भूमिका जयशंकरले नै खेलेका थिए ।
समग्रमा दक्षिण एसियाली कूटनीतिमा भारतलाई आक्रामक रूपमा प्रस्तुत गर्ने भूमिका जयशंकरको छ ।

Related