• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

भानुभक्त आवासीय विद्यालयले पोखराम कानुन संकायका अध्यायन गराउने,

"कानुन संकायको महत्व बढ्दै डा. संग्रौला "
  •    शुभेच्छा न्यूज संवाददाता  /१७ जेष्ठ २०७६, शुक्रबार १६:२६ ,  प्रकाशीत
  • पोखरा । भानुभक्त आवासीय माध्यामिक विद्यालय स्कूल अफ ल पोखराले “कानुनी शिक्षा आजको आवश्यकता” विषयक सचेतना कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ।
    पूर्व महान्याधिवक्ता प्राध्यापक डा।युवराज संग्रौलाको प्रमुख आतिथ्यमा पोखरा सभागृहमा कार्यक्रमको आयोजना गरिएको हो।

    कार्यक्रममा डा। संग्रौलाले कानुनी शिक्षाको आवस्यकता र महत्वको बारेमा आफ्नो धारण ब्याक्त गरे। मुलुकमा प्लसटु लेभलमा कानुनको अध्यापन नुहुँदा न्याय सेवाका राजपत्र अनङ्कित श्रेणीमा कानुन बाहेक अन्य क्षेत्रका जनशक्ति भर्ना गर्नु परेको बताए।

    उनले प्लसटु लेभलमा कानुन संकायको अध्यायन नभएका कारण न्याय सम्पादनमा समेत प्रभाव परेको बताउदै यसलाई सम्बोधन गर्न लोकसेवा आयोगले न्याय सेवाका कर्मचारीको पदपूर्ति कानुनमा प्रमाणपत्र तह ९‌ं२ तह० उतिर्ण गरेका जनशक्तिबाटै गर्ने योजना बनाएको बताए। लोकसेवाको यस कदमले कानुनमा प्रमाणपत्र तह उतिर्ण गरेको जनशक्तिलाई रोजगारीका सम्भावना समेत बढेको बताए।

    संग्रौलाले दण्डहिनताको अन्त्य र कानुनी राज्यको स्थापना गर्न जिम्मेवार नागरिकको आवश्यकता पर्ने बताउदै जिम्मेवार बन्न हरेक नागरिकले कानुन जान्नु अपरिहार्य रहेको बताए। कानुनका दक्ष जनशक्ति उत्पादन गर्न प्रदेश सरकारले पहल कदम नचालेको समयमा गण्डकी प्रदेशमै निजी क्षेत्रको पहिलो र कास्की जिल्लामै पहिलो भानुभक्त आवासीय बिद्यालयले कानुनको अध्यायन थालेको भन्दै विद्यालयलाई आवश्यक पर्ने सबै खाले सहयोग गर्न आफू तयार रहेको बताए।

    कार्यक्रममा प्यावसन कास्कीका अध्यक्ष प्रेम प्रसाद सुवेदी, पोखरा मल्टिमोडल क्याम्पसका क्याम्पस प्रमुख कृष्ण के।सी. काठमाण्डुस्कूल अफ ल का विद्यार्थी सुदीप राज घिमिरे, सुनीता गुरुङ लगायतले विद्यालयको प्रयासको प्रशंसा गर्दै सफलताको शुभकामना व्यक्त गरेका थिए।

    कार्यक्रममा विद्यालयका विद्यार्थीले स्वागत नृत्य प्रस्तुत गरेका थिए भने विद्यालयका संस्थापक प्रिन्सिपल दिनेश कुमार लामिछानेले स्वागत मन्तव्य ब्याक्त गरेका थिए।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन दवाडीको सभापतीत्व भएको कार्यक्रमको सञ्चालन ‌ंकानुन संकायका संयोजक प्रदिप अधिकारीले गरेका थिए।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.