• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

वाइडवडी प्रकरणमा तत्कालीन पर्यटनमन्त्री रवीन्द्र निर्दोष ; प्रधानमन्त्री ओली

  •    शुभेच्छा न्यूज संवाददाता  /१८ जेष्ठ २०७६, शनिबार ११:३८ ,  प्रकाशीत
  • पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले वाइडवडी जहाज खरिद प्रकरणमा तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारी निर्दोष रहेको बताएका छन् । पोखरामा शनिबार आयोजित रवीन्द्र अधिकारी स्मृती प्रतिष्ठानको औपचारिक घोषणा सभामा बोल्दै प्रधानमन्त्री ओलीले छोटो समय मन्त्री हुदा रविन्द्र अधिकारीले महत्वपूर्ण कार्य गरेको बताए।

    ‘छोटो समयमा नै उहाँले महत्वपूर्ण कार्य गर्नु भयो। वाइडवडी जहाज खरिद प्रकरणमा उहाँको कुनै संलग्नता नै थिएन, उनी निर्दोष थिए’ उनले भने। ‘संलग्ननै नभएकोलाई निर्दोष भन्न पाइदैन ? उनले प्रश्न गर्दै भने,’अदालतले निर्दोष ठहर नगरी प्रधानमन्त्रीले निर्दोष छ भनेर पाइन्छ भनेर भन्लान तर अदालतले दोषी ठहर नगरी दोषी भन्न पाइने, मनपरी भन्न पाइने अनि निर्दोष भन्न नपाइने ?’

    केहि पूर्वाग्रही छुद्र ढंगले चल्न खोज्ने संस्था न्यायाधिश बन्न खोजेको भन्दै प्रधानमन्त्री ओलीले आक्रोश ब्यक्त गरे ।प्रधानमन्त्री ओलीले स्व.अधिकारीले थोरै समय मात्र मन्त्री बन्ने मौका पाएको भएपनि सफल मन्त्री बन्न सफल भएको बताए ।‘उहाँले नेकपाको सरकार गठन भएको एक वर्ष मात्र मन्त्री बन्ने मौका पाउनुभयो ।’उनले भने –‘थोरै समयमा पनि उहाँले धेरै राम्रो काम गरेर सफल मन्त्री बन्नुभयो।’

    उनले स्वर्गीय नेता अधिकारीले आफ्नो एक वर्षे कार्यकाल सफलतापूर्वक सम्पन्न गरेको जिकिर गरे। ‘नयाँ मन्त्री हुनुहुन्थ्यो, पर्यटन क्षेत्र बुझ्नुपर्यो, संस्कृति क्षेत्र बुझ्नुपर्यो, कसरी बुझ्नुहुन्छ भन्ने सोच्थे तर उहाँले निकै कुशलतापूर्वक काम गर्नुभयो ।’

    प्रधानमन्त्री ओलीले स्व.अधिकारी मन्त्री भइसकेपछि विभिन्न विमानस्थलका कामहरु समेत अगाडि बढेको र पर्यटकीय, सांस्कृति तथा नागरिक उड्डयानको क्षेत्रमा समेत सुधार भएको दावी गरे ।

    उनले स्थानीय तहको निर्वाचन भएपनि नेपाल शुसासन तथा विकासको नयाँ बाटोमा अगाडि बढिरहेकाले सरकारको विरोध मात्र गर्न नहुने बताए ।‘राम्रा कामहरुको समेत विरोध गर्ने प्रवित्ति मौलाएको छ’उनले भने –‘आफ्नो स्वार्थलाई पाखा लगाएर सबै दलहरुले विकास निर्माण कामहरुमा केन्द्रीत हुनुपर्छ।’

    धेरै समय स्व.अधिकारीका विषयमा नै बोलेका प्रधानमन्त्री ओलीले यो प्रतिष्ठान दुई दिनका लागि मात्र नभएर जीवन्त प्रतिष्ठान हुने विश्वास व्यक्त गरे । योजनाबद्ध ढङ्गबाट काम गर्न समेत उनले प्रतिष्ठानलाई आग्रह समेत गरेका छन् ।

    यस्तै कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले रवीन्द्र अधिकारी स्मृती प्रतिष्ठानलाई गर्नुपर्ने सहयोगमा आफू प्रतिवद्व रहेको बताए।‘प्रतिष्ठानको लागि प्रदेश सरकाका तर्फबाट गर्नु पर्ने आवस्यक सहयोगको लागि प्रतिबद्ध छौं’ उनले भने।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.