दलित पत्रकारहरु संगठित बने,विनोद पहाडीको अध्यक्षतामा जन्मियो राष्ट्रिय दलित पत्रकार संघ
तपाईको प्रतिक्रिया





काठमाडौं । राजधानीमा रहेर बिभिन्न सञ्चारमाध्यमा कार्यरत दलित समुदायका पत्रकारहरु संगठित भएका छन्।शनिवार काठमाण्डौंमा आयोजित भेलाले वरिष्ठ पत्रकार बिनोद पहाडीको अध्यक्षतामा राष्ट्रिय दलित पत्रकार संघ नेपालको गठन भएको हो ।
लामो समय सम्म चलाइएको छलफल र सल्लाह पछि आयोजित भेलाले पहाडीको अध्यक्षतामा २३ सदस्य कार्यसमिति गठन गरेको छ । सो भेलाले एक महिना भित्र राष्ट्रि भेला गरेर देशभरका दलित समुदायका पत्रकारहरुलाई संगठिन गर्ने जिम्मेवारी पनि दिएको छ ।
भेलालाई सम्बोधन गर्दै अध्यक्ष बिनोद पहाडीले नेपालको दलित आन्दोलन र पूर्ण प्रेस स्वतन्त्रताको आन्दोलनमा दलित समुदायका पत्रकारहरुको सामुहिक पहल कदमीका लागि संघको गठन गरिएको बताए । पत्रकारहरुको पेशागत हकहित र सुरक्षाका लागि संघको सामुहिक पहल गर्ने महाडीले बताए।
Related