• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

कास्की प्रहरीको एकबर्षे प्रगति यस्तो छ, १ हजार ७ सय ५२ जना पुरुष र १ सय ३८ जना महिला पक्राउ

  •    शुभेच्छा न्यूज संवाददाता  /१८ जेष्ठ २०७६, शनिबार १६:१७ ,  प्रकाशीत
  • पोखरा । कास्की प्रहरीले आफ्नो १३ महिने कार्यप्रगति सार्वजनिक गरेको छ। प्रहरी उपरीक्षक ओमबहादुर राना कास्की प्रहरी प्रमुखको पदमा रहेको समयावधि गत वर्ष वैशाख ३० देखि हालसम्मको कार्यप्रगति विहीवार सार्वजनिक गरिएको हो।

    सो समयावधिमा विभिन्न घटनामा संलग्न १ हजार ७ सय ५२ जना पुरुष र १ सय ३८ जना महिला पक्राउ गरी १ हजार ९८ मुद्दा कास्की अदालतमा दर्ता गरिएको जनाइएको छ। तीमध्ये सबैभन्दा बढी सार्वजनिक मुद्दाका ४ सय ४६ जना छन्।

    सार्वजनिक अपराधमा १ सय ४६, लागुऔषध २ सय ६३, जबरजस्ती करणी उद्योग २९, जबरजस्ती करणी ६१, ठगी २४, कत्र्तब्य ज्यान २६, चोरी ८६, जुवा २ सय ७३, बहुविवाह ४४, ज्यानमार्ने उद्योग ३०, हतहतियार खरखजना ९, आगो लगाएर १, कुटपिटबाट अपाङ्गता २, सवारी ज्यान २५, अपहरण ८, कालोबजारी ३ पक्राउ परेका छन्।

    त्यसैगरी बालविवाह ३, किर्ते ४, सार्वजनिक हित, स्वास्थ्य सुरक्षा सुविधा र नैतिकताविरुद्ध कसूर ४ सय ४३, सार्वजनिक शान्तिविरुद्ध अपराध ३२, सार्वजनिक अधिकारी अवज्ञासम्बन्धी कसूर २४, बालयौन दुराचार १०, डाँका चोरी ३, चोरी उद्योग १, यौन दुव्र्यहार ३, नकबजनी चोरी १, अप्राकृतिक मैथुन २, अङ्गभङ्ग १, बैंकिङ कसूर मुद्दामा ६ जना पक्राउ परेका छन्।

    त्यस्तै, यातना तथा अपमानजनक व्यवहार १, सहकारीको रकम हिनामिना १, अपराधिक उपद्रो १०, खोटा मुद्रा १, मानव बेचबिखन २, ज्यानसम्बन्धी आत्महत्या गर्न दुरुत्साहन ४, राज्यविरुद्धको अपराध ८ जना पक्राउ परेका हुन्।

    प्रहरीले उक्त अवधिमा लागु औषध बु्रफिन ४ हजार ६ सय ७४ थान, डाईजापाम ४ हजार ७ सय ५७ थान, फेनरागन ४ हजार ६ सय ७२ थान, गाजा २९ केजी १ सय ३७ ग्राम र नाईटोसन ३ हजार ९ सय ८५ चक्की, चरेश ८ केजी २ सय ४७ ग्राम र ब्राउनसुगर १५ ग्राम र फेन्सीडिल २४ सिसी बरामद गरेको छ।

    साथै, जुवातासबाट ४३ लाख ३० हजार ३७ रुपैयाँ बरामद गरेको प्रहरीले जनाएको छ।हातहतियार खरखजनाअन्तर्गत १२ बोरराइफल थान २, गोली ६ राउण्ड, भरुवा बन्दूक ५ थान, छरा १ सय ९० ग्राम, बारुद २२ रराइफल १ थान बरामद गरेको छ।

    सो अवधिमा गुण्डागर्दी नियन्त्रण, फरार अपराधी पक्राउ, लागु औषध निस्तेज अभियान, ट्राफिक कारबाही तथा राजस्व, जुवातास कारबाही, यौन व्यवसायमा संलग्न पक्राउ, चोरी लुटपाटमा संलग्न प्राकृतिक श्रोतको दोहन, चोरीका मोटरसाइकल फेला पार्ने साइवर अपराध कार्यालयमा गरिएका उत्कृष्ट सृजनशील कार्यको प्रगति समेत जानकारी दिइएको छ।

    सो अवधिमा घरेलु हिंसाका ३ सय ८८ उजुरी परेकोमा २ सय ८ मिलापत्र भएका छन् भने ५० वटा उजुरी अदालत गएका छन् ।घरेलु हिंसाका ८० उजुरीबारे मिलापत्र गर्ने काम गइरहेको तथ्याङ्क कास्की प्रहरीले दिएको छ। प्रहरीले यसैबीचमा ३ महिला, ४ बालक र १० बालिकाको उद्धार गरेको जनाएको छ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.