मापदण्ड विपरीत बनेको होटल उद्घाटन स्थिगित, निरिक्षण गरेर फर्किए प्रधानमन्त्री
तपाईको प्रतिक्रिया





पोखरा । पोखराको लेकसाइडमा मापदण्ड बिपरित बनाइएको एक होटलको प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा उद्धाटन गर्ने कार्यक्रम अन्तिम समयमा रद्ध भएकोछ।
पुल्चोक इन्जिनियर कलेजका पूर्व प्राध्यापक समेत रहेका स्थानीय भरत पहारीले मापदण्ड बिपरित निर्माण गरेको १२ तले स्विस इन्टरनेसनल होटलको प्रधानमन्त्रीले उद्धाटन गर्ने कार्यक्रम तय गरिएको थियो। स्थानीय नेताकार्यकर्ताले मापदण्डविपरीत बनाएको होटलको प्रधानमन्त्रीले उद्घाटन गर्न नहुने राय व्यक्त गरेका थिए।
भ्रष्टचारी ठहर भएका भरत पहारीद्धारा निर्मित मापदण्ड विपरीतको होटल भन्ने समाचार विभिन्न संचारमाध्यममा आएपछि प्रधानमन्त्री ओलीले अन्तिम समयमा उद्घाटन गर्ने कार्यक्रम रद्द गरेका हुन् । होटलको उद्घाटनसहित ३ कार्यक्रमका लागि ओली आज पोखरा आएका थिए।
होटलको उद्धाटन गर्ने भनीएको प्रधानमन्त्री ओलीले होटलको निरीक्षण मात्रै गरेर फर्किएका छन्। प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने भनिएको स्विस इन्टरनेसनल होटल १२ तलाको बनाइएको छ।
पोखरा महानगरमा ३५ मिटरभन्दा अग्लो भवन बनाउन नपाइने मापदण्ड छ। प्रधानमन्त्रीले उद्घाटन गर्ने स्विस इन्टरनेसनल होटल सरोवर भने १२ तलाको बनाइएको छ।
होटलले साढे तीन तलाको स्विकृति लिएर १२ तला बनाइएको छ। उक्त होटलले सम्पन्नताको प्रमाणपत्र लिएको छैन।
Related