• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पर्यटकीय गाउँ घान्द्रुक जाने बाटो कालोपत्रे गरिने

  •    शुभेच्छा न्यूज संवाददाता  /२० जेष्ठ २०७६, सोमबार ११:४५ ,  प्रकाशीत
  • पोखरा, २० जेठ/ पर्यटकीय गाउँ घान्द्रुक जाने बाटो अब कालोपत्रे (पिच) हुने भएको छ । विश्व चर्चित अन्नपूर्ण पदमार्गमा पर्ने कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ११ मा पर्ने नयापुलदेखि घान्द्रुक उरीसम्मको बाटो कालोपत्रे हुने भएको हो ।

    २०५८ सालमा ट्रयाक खोलिएको सो सडक अहिले आएर बल्ल स्तरोन्नती गर्न लागिएको हो । सडकको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले एक औपचारिक कार्यक्रमका बिच शिलान्यास गरे । पूर्वाधार विकास निर्देशनालय पोखराको १९ करोडको लागतमा घान्द्रुककोसडक कालोपत्रे गरिने निर्देशनालयका प्रमुख रामकुमार श्रेष्ठले जानकारी दिए ।

    नयापुलदेखि बिरेठाँटी हुँदै उरीसम्मको १० किलोमिटर सडक २ वर्षभित्रै बनाइसक्ने सम्झौता भएको छ । सम्झौतामा २०७८ साल जेठ १० गते भित्रमा बनाइसक्ने उल्लेख छ । परिवर्तित सार्वजनिक खरिद नियमावली अनुसार सम्झौताबाहेक म्याद थप्न नपाइने नियम भएकाले बाटो निर्माण समयमै सक्नुपर्ने निर्देशनालय प्रमुख श्रेष्ठले बताए ।

    सडक ७ देखि ९ मिटरसम्मको हुने श्रेष्ठले बताए । पिच साढे ५ मिटरको र बाँकी भाग फुटपाथ र नाली हुने उनले जानकारी दिए ।गण्डकी प्रदेश सांसद राजिव पहारीले एक निर्वाचन क्षेत्र एक सडक योजना अनुसार घान्द्रुकको बाटो निर्माण गर्न लागिएको बताए ।

    गण्डकी प्रदेशका सबै ३६ वटै निर्वाचन क्षेत्रमा एक÷एक वटा बाटो बनाउने योजना गण्डकी प्रदेश सरकारको रहेकाले सोहि योजना अन्तर्गत घान्द्रुकको बाटो आफूसहितका नेताहरुको पहलमा परेको उनको भनाई थियो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.