• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पत्रकारलाई नाक भाँच्ने धम्की दिएपछि महासंघद्वारा कार्यक्रम बहिष्कार

  •    शुभेच्छा न्यूज संवाददाता  /२२ जेष्ठ २०७६, बुधबार १६:०६ ,  प्रकाशीत
  • नेपाल पत्रकार महासँघ सुनसरी शाखाले इटहरी उपमहानगरपालिकाका कुनै पनि कार्यक्रममा नजाने निर्णय गरेको छ। बुधबार बसेको महासंघ शाखाको बैठकले सुनसरीमा पत्रकार राज्यपक्षबाटै असुरक्षित वातावरण सृजना भएको भन्दै नगरकार्यपालिकाको औपचारिक धारणा मागसहित कार्यक्रम बहिष्कार गर्ने निर्णय गरेको अध्यक्ष अमर खड्काले जानकारी दिएका छन्।

    मेयर द्वारिकलाल चौधरीबाट बारम्बार पत्रकारहरुमाथि भएका आक्रमणको निन्दा गर्दै जनतालाई सुसूचित गर्ने वर्गप्रति लक्षित गर्दै दोहोरिरहेका गलत क्रियाकलापले पत्रकारहरु असुरक्षित भएको महासँघको ठहर रहेको खड्काले जानकारी दिए।

    यसबारे जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय सुनसरीमा पुुगेर समेत महासँघले गम्भीर ध्यानाकर्षण गराएको बताएका छन्।

    नेपाल पत्रकार महासँघ प्रदेश एक समितिका अध्यक्ष विक्रम लुुइटेलले मेयर चौधरीका संचारमाध्यममा आएका भनाइले प्रेसजगतलाइ हेर्ने दृष्टिकोण नै गलत रहेको टिप्पणी गरेका छन्।

    समग्र पत्रकारिता जगत, अदालत र सिँगो पार्टीप्रति चौधरीले व्यक्त गरेका धारणाले गम्भिर प्रश्न उठाएको भन्दै आपत्ति प्रकट गरेका छन् । उनले पत्रकारलाइ नियमित समाचार संकलनमा जान भयको वातावरण बनेको भन्दै यसले जनताको सहि सुचना प्राप्त गर्ने हक समेत खोसिने चिन्ता व्यक्त गरे।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.