• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

सगरमाथा आरोही एचआइभी संक्रमित श्रेष्ठलाई पोखरा महानगरको सम्मान

  •    शुभेच्छा न्यूज संवाददाता  /२३ जेष्ठ २०७६, बिहीबार ०७:१९ ,  प्रकाशीत
  • पोखरा। सगरमाथाको सफल आरोहण गरेर विश्व किर्तिमानी कायम गरेका एचआइभी संक्रमित गोपाल श्रेष्ठलाई पोखरा महानगरपालिकाले सम्मान गरेको छ ।

    विश्व किर्तिमान कायम गरेका पोखरा ७ रत्नचोक निवासी श्रेष्ठलाई बिहीबार महानगरमा आयोजित कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले दोसल्ला ओढाएर सम्मान गरेका हन् ।

    सगरमाथा चढेर पोखराको शानलाई उचो बनाएको भन्दै श्रेष्ठलाई महानगरले सम्मान गरेको हो । ५६ वर्षीय श्रेष्ठले गत जेठ ८ गते सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी महानगरको लोगो समेत फहराएका थिए। उनी २५ बर्षदेखि एचआइभीबाट संक्रमित छन्।

    प्रमुख जिसीले सगरमाथाको सफल आरोहरण गरेकोमा श्रेष्ठलाई बधाई दिँदै साहसका साथ धैर्य भएर लागि परेमा लक्ष्यमा पुग्ने सकिने सन्देश श्रेष्ठले दिएको बताए । ‘श्रेष्ठ प्रेरणाको स्रोत भएका छन,’उनले भने,‘कुनै रोग लाग्यो भन्दैमा हीनताबोध गर्नु हुन्न भन्ने सन्देश उनले सगरमाथा आरोहण गरेपछि प्रष्ट भएको छ।’ रोग लाग्दैमा कोही व्यक्ति पनि असक्ष वा कमजोर नहुने श्रेष्ठले प्रमाणित गरेको जिसीको भनाइ छ ।

    सगरमाथा आरोहणको अनुभव सुनाउँदै श्रेष्ठले पोखरेलीले गरेको मायाले नै आफूले सगरमाथाको सफल आरोहण गर्न सकेको बताए । ‘एचआइभी संक्रमितलाई समाजमा हेर्ने दृष्टिकोणमा परिर्वतन ल्याउन जरुरी छ’, श्रेष्ठले भने,‘ हामी पनि सवल छौं भन्ने सन्देश दिन सगरमाथा चढेको हुँ, मलाई सहयोग गर्ने सबैप्रति आभारी छु ।’
    विभिन्न बाधा ब्यवधानहरुको सामना गर्दै सगरमाथाको चुचुरोमा पुगेको श्रेष्ठले बताए ।

    आरोहण जाँदा आफूसँगै गएका सहयात्रीलाई गुमाउनु पर्दाको पीडा सुनाउँदै उनी निकै भावुक बने। श्रेष्ठले पहिलोपटक सन् २०१५ मा सगरमाथा आरोहणको प्रयास गरेका थिए । भूकम्पका कारण आधार शिविरबाट फर्केका उनले आफ्ना ५ जना सहयात्रीलाई गुमाएका थिए । लक्ष्यबाट पछि हट्नु हुँदैन भन्दै उनी दोस्रो पटक एचआइभी संक्रमितहरुको प्रतिनिधित्व गर्दैै सगरमाथा चढ्न गएका थिए । एचआइभी संक्रमित भएर सगरमाथा चढ्ने उनी पहिलो ब्याक्ती हुन् ।

    सन् २००३ मा आफू एचआइभी संक्रमित भएको सार्वजनिक गरेका उनी पूर्व राष्ट्रिय फुटबल खेलाडी हुन् । श्रेष्ठले सगरमाथा हिमाल आरोहण गर्नुअघि भर्जिन पिक, थोरङला पास, आइसल्यान्ड पिक लगायतका विभिन्न पिक र हिमालको आरोहण गरेका थिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.